breaking news

    नेपाली १९ जनालाई मृत्युदण्ड, दुई सय ३१ विदेशी जेलमा सजाय भोग्दै

    March 20th, 2017 | by Weekly Nepal
    नेपाली १९ जनालाई मृत्युदण्ड, दुई सय ३१ विदेशी जेलमा सजाय भोग्दै
    प्रवास
    0

    काठमाडौं, ७ चैत । वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् ।हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् ।

    जेलमा परेका नेपालीको संख्या
    साउदीमा – ७६ जना
    कुवेतमा – ६१
    कतारमा – ५०
    यूएईमा – १९
    मलेसियामा – १३
    बहराइनमा – ६
    ओमानमा – ३
    कोरियामा – २
    इजरायलमा – १

    कुवेतको जेलमा रहेका ३६ जनाले ६ महिनादेखि १५ बर्षे जेल सजाय काटिरहेका छन् भने, सात जनाको मुद्दा अदालती प्रक्रियामा छ ।
    साउदी अरबको जेलमा रहेका ७६ मध्ये एकजनासँग ब्लडमनी लिन सहमति भएपनि रकम तोकिएको छैन ।

    मलेसिया जेलमा रहेका १३ जनामध्ये १० जनालाई मृत्युदण्डको सजाय पाउने अभियोगमा जेलमा राखिएको छ । एक जानलाई जन्मकैदको सजाय तोकिएको छ । एकजनालाइृ भने अवस्था नखुलेको भन्दै नेपाल फिर्ता गर्ने केन्द्रमा ल्याइएको छ ।

    जेलमा रहेका मध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने थप १४ जनालाई पनि मृत्ुदण्ड हुनसक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । कुवेतमा ५, साउदीमा ३, मलेसियमा १० र यूएईमा एकजनालाई मृत्युदण्डको फैसला भइसकेको छ ।
    आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *