breaking news

    नेपालगन्ज गोल्डकपको उपाधि रुपन्देहीलाई

    March 16th, 2017 | by Weekly Nepal
    नेपालगन्ज गोल्डकपको उपाधि रुपन्देहीलाई
    खेल
    0

    नेपालगन्ज, ३ चैत । दोस्रो टुबोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि रुपन्देही–११ ले जितेको छ । प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा सङ्कटा क्लबलाई ट्राइब्रेकरमा ५–६ गोलले पाखा लगाउँदै रुपन्देहीले उपाधि जितेको हो ।

    खेलको निर्धारित समयमा दुवै टिमले एक÷एक गोलको बराबरी खेलेपछि ट्राईब्रेकरको आधारमा नतिजा निकालिएको थियो । प्रतियोगिताका विजेता टिमलाई रु पाँच लाख नगदसहित कप तथा प्रमाणपत्र प्रदान गरियो भने उपविजेतालाई रु दुई लाख ५१ हजार नगद, कप तथा प्रमाणपत्र दिइएको छ ।

    आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने रुपन्देही—११ का शिव सुवेदीलाई म्यान अफ दि म्याच, सोही टिमका अमर डङ्गोललाई म्यान अफ दि सिरिज र उत्कृष्ट खेल प्रशिक्षकको पुरस्कार सङ्कटाका सल्यान खड्गीलाई प्रदान गरिएको छ । गत फागुन २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा भारत र नेपालका गरी आठ समूहको सहभागिता रहेको थियो ।
    इटहरी गोल्डकपको उपाधि काँकडभिट्टालाई
    इटहरी । इटहरीको जनता खेल मैदानमा आज सम्पन्न भएको ११ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि डिफेन्डिङ च्याम्पियन काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जितेको छ ।

    शसस्त्र प्रहरीको एपिएफलाई शुन्यका विरुद्ध एक गोलका अन्तरले पराजित गर्दै काँकडभिट्टाले उपाधि जितेको हो । काँकडभिट्टाको जितमा खेलको ४९ औँ मिनेटमा विदेशी खेलाडी पिटरले गरेको गोल नै प्रतियोगिताको निर्णायक बन्यो ।

    विजेता टिमले रु दुई लाख ट्रफी तथा उपविजेता एपिएफले रु एक लाख प्राप्त गरेको छ । बिजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नगद तथा ट्रफि प्रदान गर्नुभयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *