breaking news

    निर्वाचनपछि जसको साख समाप्त भयो !

    May 17th, 2017 | by Weekly Nepal
    निर्वाचनपछि जसको साख समाप्त भयो !
    फिचर
    0

    काठमाडौं। स्थानीय निर्वाचनको पहिलो चरणमै माओवादी केन्द्र र राप्रपाको हैसियत सतहमा आएको छ ।

    न जनयुद्धको धङधङे काम लाग्यो, न हिन्दू धर्म र राजतन्त्रको नारा नै ।जनताले दुबैलाई पत्याएनन् । माओवादी केन्द्र एकाध त्यति महत्व नपाउने स्थानमा जित्दै र अग्रता हासिल गर्दैछ । राप्रपाको त बीउ पनि नबच्ला जस्तो छ ।स्थानीय निर्वाचन यी दुबै पार्टीका लागि पाकेको बाली भित्र्याउने बेलामा असिना परेसरह हुनपुग्यो ।

    प्रचण्डले त पार्टी कति कमजोर भइसकेछ भन्ने अनुभूति गरे र भरतपुर नगरमा एउटी छोरीलाई जिताउन पनि धौ–धौ अवस्था देखेर आँखाबाट आँसु नै झारेको बताइन्छ ।यही मानसिक धक्का लागेर प्रधानमन्त्रीपदबाट राजीनामा दिने घोषणासमेत गरिसकेका छन्    प्रचण्डले ।

    कमल थापाले आफ्नो पार्टीपंक्ति इमान्दार नभएको, नेताहरु चुनाव जित्न जिताउन नखटिएकोमा पार्टी कार्यालयमा पुगेर आक्रोस नै पोखेको समाचार छ ।अब रिसाएर के गर्ने ? जब चिडिया चुक गई खेत ?
    न्यूज अभियान

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *