breaking news

    निर्वाचनको नतिजा : कुन दललाई के सन्देश ? – युवराज पाण्डे

    July 13th, 2017 | by Weekly Nepal
    निर्वाचनको नतिजा : कुन दललाई के सन्देश ? – युवराज पाण्डे
    विचार विश्लेषण
    0

    → माओवादी के कारणले पर्यो मारमा ?
    दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ र सबै स्थानको मत परिणाम समेत सार्वजनिक भएको छ । स्थानीय निर्वाचनमा नेकपा एमालेले पहिलो स्थान प्राप्त गरेको छ र नेपाली कांग्रेसले दोस्रो स्थान प्राप्त गरेको छ । नेपाली कांग्रेसलाई यस मानेमा भाग्यमानी मान्नुपर्छ कि यस निर्वाचनमा नेकपा माओवादी केन्द्रका धेरै कार्यकर्ता र समर्थकको मत नेपाली कांग्रेसका उम्मेद्वारले प्राप्त गरेका छन् ।

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको यो तालमेलबाट नेपाली कांग्रेसलाई कति फाइदा भयो र नेकपा माओवादी केन्द्रलाई कति फाइदा भयो भन्ने कुरामा राजनीतिक समीक्षकहरूले आ–आफ्नै हिसाबले फरक फरक निष्कर्ष निकाल्ने सम्भावना पनि छ । यो तालमेलले नेपाली कांग्रेसले एक्लै चुनाव लडेको भए नजित्ने अनुमान गरिएका ठाउँमा चुनाव जितेको कुरालाई सबैजसोले स्वीकार गरेका छन् । यसबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बीचमा तालमेल नभएको भए नेपाली कांग्रेसले अहिले नेपाली कांग्रेसले जितेभन्दा थोरै ठाउँमा मात्र चुनाव जित्ने थियो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । अनि कांग्रेस र माओवादी केन्द्रको तालमेल नभएको भए नेकपा एमालेले अहिलेभन्दा धेरै ठाउँमा चुनाव जित्ने रहेछ भन्ने निष्कर्ष समेत निस्कन जान्छ । यसरी अहिले नेकपा एमाले देशमा सबैभन्दा जनप्रिय राजनीतिक दल हो भन्ने कुरा मतदाताले नै प्रमाणित गरेको देखिन्छ ।

    पछिल्लो दशकमा नेकपा माओवादी(अहिलेको माओवादी केन्द्र)ले लिएका निर्णय र नीतिहरूको कारणले गर्दा यस दलप्रतिको समर्थनमा क्रमशः गिरावट आएको तथ्य पछिल्ला निर्वाचन परिणामहरूले देखाएको छ । यस पार्टीले नेपाली समाजका निश्चित समुदाय र जातिका मानिसहरूलाई खुसी पार्ने उद्देश्य राखेर निर्माण गरेको होला कि भन्ने अनुमान गरिने खालका केही नीति निर्णयहरूबाट निष्कर्ष निकाल्न सकिन्छ । अनि यो माओवादी केन्द्र पार्टीप्रतिको ती समुदाय र जाति विशेषको विश्वास प्राप्त गर्न सकेको छैन भन्ने कुरा अहिलेको निर्वाचन परिणामले पनि देखाउँछ । अर्कातिर एउटा वा खास खास समुदाय र जाति विशेषप्रतिको यस पार्टीको अनुरागले ती समुदाय विशेषको विश्वासलाई चाहिं यस पार्टीको अनुरागले ती समुदाय वा जाति विशेषका मानिसहरू बाहेकका जाति र समुदाय विशेषको विश्वासलाई चाहिं यस पार्टीले केही हदसम्म गुमाएको छ भन्ने कुरालाई निर्वाचनले प्रमाणित गरेको मान्न सकिन्छ ।

    चुनावी तालमेलबाट मा.के.लाई नोक्सान
    अहिले मा.के.ले नेपाली कांग्रेससँग गरेको चुनावी तालमेलबाट पनि यस पार्टीलाई तत्काल केही लाभ भएको जस्तो देखिएपनि पार्टीको प्रभाव र शक्तिको विस्तार गर्नका लागि मद्दत पुग्ने देखिदैन । उल्टै यस निर्वाचनले पार्टी विशेषको सदस्य नभएका र नेकपा माओवादी केन्द्रलाई नेपाली कांग्रेस र नेकपा एमालेको एउटा विकल्पको रुपमा हेर्दै आएका मानिसको विश्वास समेत यस चुनावपछि माओवादी केन्द्रले गुमाएको जस्तो देखिन्छ ।

    यस चुनावले पहिले नेकपा माओवादी केन्द्रको निकट रहेका केही सामान्य मानिसहरू स्थायी रुपले नै नेकपा एमालेको नजिक पुग्ने वातावरणको सिर्जना भएको छ भने नेपाली कांग्रेसको नजिक रहेका मानिसहरू त्यही अनुपातमा यस पार्टीको नजिक हुने सम्भावना चाहिं रहेको देखिदैन । दोस्रो संविधानसभाको निर्वाचन भएपछि पनि पहिले शान्तिपूर्ण र निष्पक्ष रुपले निर्वाचन भयो भनेर खुसी व्यक्त गर्ने र त्यसको लगत्तै निर्वाचनमा धाँधली भयो भनेर मत परिणाम बहिष्कार गर्ने र संविधानसभामै भाग नलिने कुरा बताउने जस्ता अदूरदर्शी र अपरिपक्व जस्ता लाग्ने कार्य नेकपा माओवादी केन्द्रले गरेको अनुभव नेपाली समाजको एउटा ठूलो अंशले गरेको थियो । अहिले नेपाली कांगे्रससँग चुनावी तालमेल गर्ने निर्णयबाट पनि माओवादी केन्द्रलाई राजनीतिक फाइदा भन्दा राजनीतिक हानी नै बढी होला कि भनेजस्तो देखिन्छ ।

    राजापाप्रति वितृष्णा
    नवगठित राष्ट्रिय जनता पार्टीको नेतृत्वले पछिल्लो समयमा गर्दै आएका निर्णयहरूले पनि जनसाधारणको मन जित्न सकेको देखिदैन । यस पार्टीले पहिलो चरण र दोस्रो चरणको निर्वाचनमा भाग नलिएको र चुनावमा भाग नलिन जनसाधारणलाई आह्वान गर्ने र निर्वाचन कार्यमा अवरोध पु¥याउने घोषित उद्देश्य राखेर विरोध कार्यक्रम संचालन गर्ने काम गरेको भए पनि ०७४÷७५ प्रतिशत मतदाताले उत्साहपूर्वक निर्वाचनमा भाग लिएका छन् । राजपाले जहाँको जनताको हित अनुरुप चुनाव छैन भनेर निर्वाचन बहिष्कारको निर्णय ग¥यो त्यहाँका जनताले पनि देशका अरु भागका जनताले जत्तिकै उत्साहपूर्वक निर्वाचनमा भाग लिएका छन् । यसबाट राजपाले जुन क्षेत्रको जनताले पनि राजपाको भन्दा नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमको नीति, कार्यक्रम र कार्यक्रमप्रति बढी विश्वास प्रकट गर्छन् भन्ने कुरा स्थानीय निर्वाचनमा ती क्षेत्रका जनताले निर्वाचनमा भाग लिएका पार्टीलाई दिएको मतले देखाएको छ । यसबाट राष्ट्रिय जनता पार्टीले अंगालेको कार्य नीति पनि राजपकै निम्ति प्रत्यूत्पादक भएको र हुनसक्ने देखिन्छ ।

    राजपाका नेताहरूले आफ्नो ठूलो प्रभाव क्षेत्र मानेको जस्तो देखिने प्रदेश नं.२ को स्थानीय निर्वाचन २०७४ असोज २ गते गर्ने घोषणा र तयारी सरकारले गरेको छ ।

    राजपाले ढिलो भएपनि दल दर्ता गरेको छ । अब यो दलले निर्वाचनको तयारी राम्रँेसंग थाल्ने हो भने प्रदेश नम्बर २ मा रहेको आफ्नो दलप्रतिको समर्थन कायम राख्न र बढाउन राजपालाई मद्दत पुग्ने अनुमान समेत गर्न सकिन्छ । राजपाले निर्वाचनमा भाग लिने भएपछि संघीय समाजवादी फोरम र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई त्यसको प्रत्यक्ष असर पुग्ने अनुमान गर्न सकिन्छ ।

    कूटनीतिक मर्यादाको उल्लंघन
    भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएको केही समयपछि पाकिस्तानी पदाधिकारीले जम्मु काश्मिरका एउटा नेतासँग भेट गर्ने कार्यक्रम बनाएको कारणले भारतीय विदेश मन्त्रीले पाकिस्तानी समकक्षीसँग भेट नगर्ने निर्णय गरेको समाचार आएको एउटा घटना समेत यहाँनेर स्मरणीय हुन आउँछ । नेपालमा सरकारलाई असहयोग गर्दै आएका दलका नेतालाई नेपालका लागि भारतीय राजदूतले निरन्तर परामर्श दिँर्दै आएका समाचारहरू आइरहन्छन् । यसबाट भारतीय पदाधिकारीहरूले अरु देशका पदाधिकारीले आफ्नो देशमा जस्तो व्यवहार गर्दा राम्रो मान्दैनन् त्यस्तो व्यवहार आफूले अरु देशमा गर्दा संकोच नमानेको जस्तो देखिन्छ । यसलाई कूटनीतिक मर्यादाको उल्लंघनको रुपमा पनि लिन सकिन्छ ।

    कतिपय पश्चिमी मुलुकका पदाधिकारीले समेत नेपालको आन्तरिक मामिलामा बढी नै हस्तक्षेप गरेका घटनाहरू बेलाबखतमा बाहिर आएका हुन्छन् । नेपाल सरकारले विदेशी कूटनीतिज्ञ र सरकारी पदाधिकारीका यस्ता गतिविधिमा नियन्त्रण गर्ने कुरामा चासो राखेको देखिदैन । सरकारले मुलुकको ऐन, कानून र प्रचलित अन्तर्राष्ट्रिय मान्यता विपरीतका गतिविधि नियन्त्रण गर्ने कुरामा चासो नराख्दा सत्तारुढ दलहरूप्रतिको जनताको विश्वास र समर्थन समेत घट्न सक्दछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *