breaking news

    निर्देशकले छोरालाई छक्का भनेपछि टाईगरकी आमालाई उठ्यो नराम्रो रिस

    April 16th, 2017 | by Weekly Nepal
    निर्देशकले छोरालाई छक्का भनेपछि टाईगरकी आमालाई उठ्यो नराम्रो रिस
    मनोरन्जन
    0

    काठमाडौं । निर्देशक राम गोपाल बर्माले एक अडियो सामाजिक सञ्जालमा सेयर गरेका थिए जसमा उनले अभिनेता टाईगर श्राफलाई राम्री महिला र छक्का भनेर सम्बोधन गरेका छन् । त्यस्तै अभिनेता विद्युतलाई पनि मनमर्जी गाली गरेका छन् ।

    आफ्नो छोरालाई महिला र छक्का भनेपछि अभिनेता टाईगर श्राफकी आमालाई नराम्रो रिस उठेको छ । उनले राम गोपाल बर्मालाई जवाफ दिँदै एक अन्र्तवार्तामा, “हावा चलिरहन्छ कुकुर भुकी रहन्छ” भनेकी छिन् । टाईगर माथि निर्देशकले गरेको यस्तो कमेन्ट पछि पिता जयाकिले पनि भनेका छन्, “खै, म के भनूँ । मेरो छोराको कामबाट मान्छेहरुलाई यती जलन भएको छ कि ! उनीहरु आफ्नो काम छाडेर ऊ माथि कमेन्ट गर्दै हिडेका छन् ।”

    त्यस्तै टाईगरकी बहिनीले पनि यसको खण्डन गर्दै भनेकी छिन्, ‘मलाई उसले गरेको काम निकै मन पर्छ । म उसको काम देखेर निकै गर्व    गर्छु । यस्ता अरुले गरेका टिका टिप्पणी र कमेन्टहरुलाई बेवास्ता गरेर ऊ काममा ध्यान दिईरहेको यो देख्दा पनि निकै खुशी लागेको छ ।’

    त्यस्तै टाईगरले भने यस बारे केही पनि बोल्न मानेका छैनन् । अर्थात उनले उचित ठानेका छैनन् । उनले,“ मैलै मनको कुरा गरेँ भने राम्रो नहोला । त्यस कारण म अहिले केही पनि भन्दिन । राम गोपाल वर्माले बलिउडमा काम गरेको धेरै समय भयो । म यो उद्योगमा नयाँ छु । अहिले मैलै यस बारेमा केही बोलेँ भने मेरा आमा बुवालाई लज्जित हुनपर्न सक्छ ।”

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *