breaking news

    नागरिकता त्यागेका पनि कांग्रेसका उम्मेदवार सिफारिस

    October 12th, 2017 | by admin
    नागरिकता त्यागेका पनि कांग्रेसका उम्मेदवार सिफारिस
    समाचार
    0

    काठमाडौं, २६ असोज। लिशंखु पाखार गाउँपालिका–३ का विनोद मोक्तान नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक भएको १५ वर्षभन्दा बढी भइसकेको छ ।

    अमेरिकामा होटल व्यवसाय सञ्चालन गरेर बसिरहेका मोक्तानलाई आर्थिक चलखेलमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेर कांग्रेस केन्द्रीय कार्यालयमा पठाएको छ ।नेपाली नागरिक नै नभएकालाई समानुपातिकमा सिफारिस गरेपछि कांग्रेस सिन्धुपाल्चोकका नेता–कार्यकर्ता अचम्मित भएका छन् ।

    क्षेत्र नम्बर १ बाट कांग्रेस नेता हरिशरण श्रेष्ठसहितका नाम मात्रै क्षेत्रीय समितिले सिफारिस गरेको थियो । तर, जिल्ला समितिले मोक्तानको नाम दुई नम्बरमा सिफारिस गरेर केन्द्रमा पठाएको छ ।

    लामो समयदेखि अमेरिकामा बसेका मोक्तान अहिले सांसदमा सिफारिस गर्न भन्दै नेताहरूको घरदैलोमा धाउन थालेको कांग्रेस नेताहरूको आरोप छ । कांग्रेस नेता प्रकाशमान सिंहको घरमा पटकपटक पुगेर उनले आफूलाई समानुपातिक सांसद बनाइदिन आग्रह गरेका छन् । क्षेत्रीय समितिले सिफारिस नगरे पनि जिल्ला समितिले भने मोक्तानलाई सिफारिस गरेको कांग्रेस स्रोतको दाबी छ ।
    आजको राजधानीमा खबर छापिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *