breaking news

    धोनीले विराट कोहलीका लागि ठूलो त्याग गरे

    January 5th, 2017 | by Weekly Nepal
    धोनीले विराट कोहलीका लागि ठूलो त्याग गरे
    खेल
    0

    काठमाडौं, २१ पुस । भारतका पूर्व क्रिकेटर चेतन चौहानले महेन्द्र सिंह धोनीले विराट कोहलीका लागि ठूलो त्याग गरेको बताएका छन् । धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तानबाट राजीनामा दिएर कोहलीका लागि ठूलो त्याग गरेको पूर्व टेस्ट ओपनर चौहानले बताएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

    धोनीसँग सन् २०१९ मा इंग्ल्याण्डमा हुने आइसिसी विश्वकपसम्म कप्तानका रुपमा खेल्न सक्ने क्षमता रहेको चौहानले बताए । उनले भने ‘धोनी शिष्ट र राम्रो मुल्यांकन गर्न सक्ने कप्तान हुन् । उनी आउँदो एक दिवसीय विशवकपसम्म कप्तानका रुपमा खेल्न योग्य थिए । तर उनले राजीनामा दिए ।

    धोनीले विराट कोहलीका लागि ठाउँ दिएका हुन् । विराटका लागि धोनीले गरेको यो ठूलो त्याग हो ।’ कुल तीन सय ३१ खेलमा कप्तानी गरेका धोनीले आफ्नो कप्तानीमा भारतलाई विश्वकप, ट्वेन्टी–ट्वेन्टी विश्वकप तथा च्याम्पियन्स ट्रफीको उपाधि दिलाउन सफल रहे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *