breaking news

    देश विभाजित भइरहेको ट्रम्पको टिप्पणी

    May 19th, 2017 | by Weekly Nepal
    देश विभाजित भइरहेको ट्रम्पको टिप्पणी
    अन्तरास्ट्रिय समाचार
    0

    वासिङटन, ५ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा रुसको संलग्नताका बारेमा भइरहेको विवादले देशलाई विभाजित बनाइरहेको टीप्पणी गर्नुभएको छ । उहाँले रुससँग आफ्नो कुनै सम्बन्ध नरहेको दोहो¥याउँदै पक्ष र विपक्षमा मत विभाजन हुँदा मुलुकलाई फाइदा नहुने बताउनुभयो ।

    वासिङटनमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले सो आरोपको जाँच गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गर्ने निर्णयलाई आफूले स्वागत गर्ने बताउनुभयो । तर उहाँले सो निर्णयप्रति असन्तुष्टी पनि व्यक्त गर्नुभएको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि गत वर्ष भएको निर्वाचनमा रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न सङ्घीय जाँच विभागका पूर्वप्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियक्त गरिएको छ । मलर सन् २००१ देखि २०१३ सम्म एफबीआइका प्रमुख हुनुहुन्थ्यो ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई अघिल्लो हप्ता बर्खास्त गरेसंगै नयाँ विशेष अभियोजनकर्ताको खोजी भएको थियो ।ट्रम्पले एफबीआइले रुसमाथि गरिरहेको छानविन प्रभावित पार्न त्यसका निर्देशक कोमीलाई बर्खास्त गरेको भन्ने आरोप पनि खण्डन गर्नुभएको छ ।कोमीसँग काम गर्न आपूmलाई निकै गाह्रो भएकाले उहाँलाई बर्खास्त गर्नुपरेको पनि राष्ट्रपति ट्रम्पले स्पष्टीकरण दिनुभएको छ ।

    अमेरिकाको न्याय मन्त्रालयले त्यतिबेला भएको भनिएका हस्तक्षेपबारे छानविन गर्न वर्तमान प्रशासनभन्दा बाहिरका व्यक्तिलाई जिम्मा दिनु उपयुक्त हुने ठानेर उहाँलाई जिम्मेबारी दिएको अधिकारीहरुले बताएका छन् ।

    मलर न्याय मन्त्रालय अन्तर्गत नै काम गर्ने गरी नियुक्त हुनुभएको हो । न्याय मन्त्रालय भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्ने निकाय हो । तर मलरलाई स्वतन्त्र भनिए पनि प्राविधिकरुपमा भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्नुहुन्छ भनेर सांसदहरुले टिप्पणी गरिरहेका छन् । रासस÷सिन्ह्वा

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *