breaking news

    तीन जिल्लामा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना

    July 17th, 2017 | by Weekly Nepal
    तीन जिल्लामा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना
    अर्थ
    0

    काठमाडौँ, २ साउन । घरेलु तथा साना उद्योग विकास समितिले बहुमूल्य धातु रत्न, पत्थर कटिङ तथा पोलिसिङका लागि तीन जिल्लामा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना गरेको छ ।

    समितिले बहुमूल्य धातुको कटिङ, पोलिसिङ तथा ड्रिलिङका लागि सुर्खेत, धादिङ र डोटीमा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्रको स्थापना गरेको हो । सुर्खेतमा विसं २०६५ मा विकास केन्द्र स्थापना भएको हो भने धादिङ र डोटीमा गत वर्षमात्र प्रशोधन केन्द्र स्थापना भएको थियो ।

    समितिले बहुमूल्य धातु बढी पाइने स्थानको पहिचान गरी उक्त क्षेत्रमा प्रशोधन केन्द्रको स्थापना गरेको हो । विश्वमा पाइने ८०० धातुमध्ये नेपालमा आठ प्रकारका धातु पाइन्छन् । काइनाइट, टुर्मालिन, क्वार्ज, एक्वामेरिन, गार्नेट, डेब्युराइट, हेम्बरराइट नेपालमा पाइने धातुहरु हुन् ।

    समितिका उपकार्यकारी निर्देशक विनोददेव पन्त रत्न, पत्थर धेरै पाइने स्थानको पहिचान गरी प्रशोधन केन्द्र स्थापना गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, धादिङ, नुवाकोट जिल्ला धेरै रत्नपत्थर पाइने जिल्लाहरु हुन् त्यहाँको क्षेत्रलाई हेरेर प्रशोधन केन्द्र स्थापना गरेका हौँ ।”

    समितिले रत्न पत्थर कटिङ, पोलिसिङ तथा ड्रिलिङका वर्षेनी सयौँ युवालाई तालीमसमेत दिँदै आएको छ । समितिले प्रशोधन केन्द्र स्थापना भएपछि गत वर्षसम्म ७४९ जनालाई सीपमूलक तालीम प्रदान गरेको थियो ।

    आव २०७३÷७४ मा कालीकोट, सुर्खेत, धादिङ र कालीकोट जिल्लामा १९१ जना युवालाई सीपमूलक तालीम प्रदान गरेको छ । समितिले सीप विकास तालीम तीन महिनासम्म दिने गर्छ ।

    खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव झा नेपालको हिमाली क्षेत्र रत्न पत्थरका लागि उत्कृष्ट क्षेत्र रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “विभागले सम्भावित ठाउँको अन्वेषण गरी उत्खननका लागि निजी क्षेत्रलाई दिने गरेको छ ।” सुर्खेत, दैलेख, कालीकोट, लमजुङ, गोरखा, धादिङ, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा रत्न तथा पत्थर रहेका सम्भावित जिल्लामा पर्छन् ।

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *