breaking news

    जितु नेपालको पहिलो म्युजिक भिडियो ‘पिरतीको चश्मा’

    May 11th, 2017 | by Weekly Nepal
    जितु नेपालको पहिलो म्युजिक भिडियो ‘पिरतीको चश्मा’
    मनोरन्जन
    0

    काठमाडौं । दर्शक हँसाउनमा माहिर कलाकार जितु नेपालले पहिलो पटक ‘पिरतीको चश्मा’ बोलको म्युजिक भिडियोमा अभिनय गरेका      छन् ।

    युवा हाँस्य व्यङग्यकार राजा राजेन्द्र पोख्रेलको गीतमा जितु नेपालले जीवनकै पहिलो म्युजिक भिडियोको रुपमा काम गरेका हुन् । जितुले राजा राजेन्द्र पोख्रेल आफूलाई मन पर्ने हाँस्यकलाकार तथा प्यारो भाइ भएका कारण उनको गीतमा खेल्न तयार भएको हामीलाई बताए ।

    जितुलाई पहिले पनि म्युजिक भिडयोहरुमा खेल्ने अफर नआएको भने हैन । तर उनले म्युजिक भिडियो खेल्न खासै चासो देखाएनन् । यो भिडियोमा भने आकर्षण भन्दा पनि साथी भाइलाई सहयोग गर्ने हेतुले उनले काम गरेका हुन् । आफूलाई एकदमै मन पर्ने हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले राम्रो गीत गाएका रहेछन् भन्दै उनले गीत मन परेका कारण यसमा काम गरेको बताए ।

    यस गीतमा जितुलाई सेलिब्रेटीकै भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोमा जितु नेपालका साथै नायक प्रथम खड्का, स्मारिका ढकाल लगायतको अभिनय छ ।राजुबाबु श्रेष्ठको शब्दमा राजनराज सिवाकोटीले संगीत भरेका छन् । राजा राजेन्द्रले गाएको यो गीतमा राजन ईशानले संगीत संयोजन गरेका छन् । नृत्य प्रधान भिडियोका निर्देशक माईकल चन्द हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *