breaking news

    जासुसी उपन्यास लेखन टेक्निकल कुरा हो – शरद निरोला , नेपाली जासुसी उपन्यासकार

    May 11th, 2017 | by Weekly Nepal
    जासुसी उपन्यास लेखन टेक्निकल कुरा हो – शरद निरोला , नेपाली जासुसी उपन्यासकार
    अन्तरबार्ता
    0

    १९५१ जुन २२ मा शान्तिनगर झापामा जन्मेका शरद निरोला नेपाली जासुसी उपन्यासका स्तम्भ हुन् । वि.सं. २०२६ देखि २०२९ सम्मको अवधिमा निरोलाले सुलसुले पस्दा, नर्कदूत विदेशी गुप्तचर, कलकत्ता कलिङ, ब्याल्क सेप्टेम्बर, पुछ्रेतारालगायत एघारवटा जासुसी उपन्यास लेखे । शरदले एमए (अङ्ग्रेजी साहित्य), एमए (समाजशास्त्र) र अङ्ग्रेजी भाषा शिक्षणमा पोस्ट ग्य्राजुएट डिप्लोमा गरेका छन् । एउटा कवितासङ्ग्रह ‘लगाएका परेलीहरू’ (२०७०) प्रकाशित छ र जासुसी उपन्यास लेखनमा झन्डै चार दशक विश्राम लिएका निरोला फेरि एकपटक एउटा जासुसी उपन्यास, सामाजिक उपन्यास चैतको बतास र एउटा नियात्रा सङ्ग्रह लिएर आउनेवाला छन् ।

    लगभग पच्चीस वर्षदेखि अमेरिकामा बस्तै आएका निरोला स्थापित साहित्यकार मात्र नभएर पत्रकारसमेत हुन् । तत्कालीन समयमा मुलुकको चर्चित पत्रिका नयाा सन्देश (सम्पादक–रमेशनाथ पाण्डे), मातृभूमि, रा.स.स., द मदरल्यान्ड, राइजिङ नेपाल, सन्डे डिस्प्याच, रेडियो नेपाल र नेपाल टेलिभिजनमा गरेर तीन दशकको पत्रकारिता र अठार वर्षको प्राध्यापनको अनुभवसमेत संगालेका शरद निरोला (साहित्यिक नाम निरोला)साग राजेश ढुङ्गानाले गरेको सङ्क्षिप्त एवम् रोचक कुराकानी प्रस्तुत छ ।

    ० जासुसी उपन्यास कसरी लेख्न थाल्नुभयो ?

    – म एसएलसी दिउन्जेली भारतीय जासुसी उपन्यास खुब पढ्थो । कलेज पढ्न काठमाडौं गएपछि डा. तारानाथ शर्माले प्रेरणा दिनुभयो । उहााको प्रेरणाले मैले पहिलो जासुसी उपन्यास ‘सुलसुले पस्दा’ लेखो । यसको शीर्षक पनि उहााले नै राखिदिनुभएको हो ।

    ० जासुसी उपन्यास बिक्री हुन्थ्यो ?

    – हाताहात बिक्री हुन्थ्यो ?

    ० त्यसो भए त्यसबाट राम्रै कमाइ हुन्थ्यो ?

    – पहिलो उपन्यासको रोयल्टी पाइना । चार सय रुपैयाामा सर्वाधिकार बेचेपछि बाह्र सयसम्म पुग्यो । पछि रोयल्टी प्रकाशकले रोयल्टीमा ठग्न थालेको देखेर सधौ नै कपिराइट बेचिदिन्थो । त्यसबेलाको जमाना, त्यो पनि विद्यार्थी जीवनमा त्यति पैसाले गुजारा चल्थ्यो ।

    ० अहिले नेपाली साहित्यलाई कसरी हेरिरहनुभएको छ ?

    – अहिले साहित्य एकदमै डाइनामिक भएर गएको छ । विभिन्न आयाममा विभिन्न प्रयोग भएका छन् । सबै विधामा केही नयाा दिने प्रयत्न स्रष्टाहरूले गर्न खोजेको देखिन्छ । तुलनात्मक रूपमा आख्यानभन्दा बढी कविताको क्षेत्रले फड्को मारेको देखिन्छ । गजल पनि लोकप्रिय भएको छ । यो निश्चय नै ठूलो उपलब्धि हो । नेपाली साहित्यलाई अर्को कुरा–जासुसी, रहस्य–रोमान्सजस्तो विधामा अत्यन्त थोरै मात्रामा लेखिएको छ । यसको कारण, जासुसी उपन्यासप्रति मूलधारको साहित्यको नकारात्मक सोच नै हो । जस्तो लाग्छ मलाई । जासुसी विधालाई साहित्य नै नमान्ने परम्परावादी सोच भएका साहित्यकार नै जिम्मेवार छन् । यसका लागि जासुसी विधामा दर्शाएका घटनाक्रम, परिस्थिति सबै हाम्रो समाजमा दिनरात घटिरहने घटना नै हुन्छन् । तिनै कारणलाई अन्धाधुन्द भावना घुसाएर साहित्यिक उपन्यास बनाइन्छ । तर, जासुसी लेखनमा त्यसो गर्न मिल्दैन भन्ने उनीहरूको पूर्वाग्रह छ ।

    ० लेख्नेले नलेखेर हो कि ?

    – त्यो वातावरण भए पो लेख्ने ! जासुसी उपन्यास भनेको टेक्निकल कुरा हो । सबैले यो लेख्न सक्तैनन् पनि ।

    ० यो दुर्भाग्यविरुद्ध फेरि तपाईं नै जुर्मुराउने हो कि ?

    – पक्कै । मेरा पाठकहरूको अमेरिकामा पनि र नेपालमा पनि दबाब छ । त्यही विचार गरेर म लेख्न लागेको छु । पुरानोको पनि रिप्रिन्ट गर्ने सोचमा छु । तपाईंले छिट्टै बजारमा पाउनुहुनेछ ।

    ० पहिलोपटक किन अमेरिका जानुभयो ?

    – २०५० मा छात्रवृत्ति पाएर समाजशास्त्रमा एमए गर्न म अमेरिका गएको हुा ।

    ० अब उतैको हुनुभयो ?
    – यसको उत्तर म ‘हो’ पनि र ‘होइन’ पनिमा दिन्छु । उतै बसिने हो कि यता आइने हो, अझै अनिश्चित छ ।

    ० नेपाली कसरी बसेका छन् त्यहाा ?

    – सबैको आ–आफ्नै पेसा छ । कसैको ठूलो होला, कसैको सानो होला । सबै नेपाल–नेपाल भनेर कल्पिन्छन्, तर कोही फर्कंदैनन् ।

    ० किन नफर्केका ?

    – आफ्नो विशुद्ध योग्यताको आधारमा काम पाउने सम्भावना नेपालमा झनै नगण्य छ । अर्को कुरा नेपालमा अवसर छैन र केटाकेटीको भविष्यका लागि पनि उतै बस्नु उपयुक्त हुन सक्छ ।

    ० अमेरिकामा पनि साहित्यिक गतिविधिमा सक्रिय हुनुहुन्छ कि ?

    – म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष पनि थिएा । राम्रै गतिविधि छ । त्यहाा यहााजस्तो फुर्सद हुादैन । प्रत्येक दुई महिनामा वासिङ्गटनमा कोठे कविगोष्ठी चलाउाछौा । त्यसमा मलगायत होमनाथ सुवेदी, सुदीपभद्र खनाल, प्रेम सङ्ग्रौला, दुर्गा रिजाल, परशु तिम्सिना, रवीन्द्र श्रेष्ठ, रजनी श्रेष्ठ, गोपाल रेग्मी, हरि घिमिरे, रामप्रसाद खनाल, सीता पाण्डे, गुणराज लुइाटेल, प्रकाश नेपाल, वासु श्रेष्ठ, कल्पना सुवेदीलगायत १८ जना छौा । यस्ता दुईमहिने गोष्ठीमा नयाा रचना मात्र सुनाउने गरिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *