breaking news

    जस्तो चिन्तन त्यस्तै नियति

    January 6th, 2017 | by Weekly Nepal
    जस्तो चिन्तन त्यस्तै नियति
    साहित्य
    0

    नदीको किनारमा एउटी वेश्याको महल थियो । त्यही नदीको अर्को किनारमा एक जना साधुवावा कुटी बनाएर बसेका थिए । वेश्याको महलमा थरीथरीका मानिसहरू दिनरात आउने, जाने गर्दथे ।

    महात्मा जव जव वेश्यालाई देख्दथे, तव तव उनी सोच्दथे, यो आईमाई कति पापीनी छे, कति नराम्रो काम गर्दछे । यसै गरी जव विहानै वेश्या उठ्थी र उसको आँखामा महात्माको कुटी पर्दथ्यो, तव मनमनै सोच्दथी, आहा ! कस्तो पवित्र जीवन । महात्माले एकान्तमा भजन गरेर आफ्नो जीवन बाँच्न सफल बनाए तर भगवान ! म पतित भएँ । के कहिले म ती महात्माको जस्तो जीवन बाँच्न सकुँली ? मलाई पनि भगवानको भजन गर्ने अवसर मिल्ला ?

    कालान्तरमा दुवै जनाको मृत्यु भयो । दुवै जना यमराजको सामुन्नेमा पुगे । त्यहाँ पनि महात्माले वेश्यालाई देख्नासाथै मनमनै वेश्यालाई गाली गर्न थाले । यमदूतहरूले महात्मालाई समातेर नर्कमा जाकी दिए । वेश्या भने त्यहाँ पनि महात्मा जस्तै बन्ने कामना गरिराखेकी थिई । महात्माको जप्तप्बाट प्रभावित भै राखेकी थिई । महात्माको जीवनलाई धन्य मानी राखेकी थिई । यमदूतहरूले वेश्यालाई स्वर्ग पठाई दिए । मानिस जस्तो चिन्तन गर्दछ, त्यस्तै नियतिलाई भोग्दछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *