breaking news

    छालाको समस्याबाट टाढा रहन जाडोमा खानुपर्ने १० खानेकुरा

    January 9th, 2017 | by Weekly Nepal
    छालाको समस्याबाट टाढा रहन जाडोमा खानुपर्ने १० खानेकुरा
    स्वास्थ्य
    0

    काठमाडौँ । जाडो महिनामा हाम्रो छालामा अनेक थरि समस्या आउने गर्छन् । कतिलाई एलर्जी हुन्छ त कतिलाई छाला फुट्ने समस्याले सताएको हुन्छ । त्यस कारण छालमा आउने यस्ता समस्याहरुबाट बच्नको लागि जाडो महिना आउने बित्तिकै हामीले खाने कुराहरुमा ध्यान दिन जरुरी छ । हामीले त्यस्ता खानेकुराहरु खानुपर्छ जसले हाम्रो स्किनलाई हाईड्रेड राख्छन् । थाहा पाई राख्नुहोस् जाडो महिनामा कुन कुन कुरा खाँदा हामी छालामा आउने समस्याहरुबाट टाढा हुन सक्छौँ ।

    बदाम-:बदाममा भएको भिटामीन ईले स्किन सेल्स ड्यामेज हुनबाट बचाउँछ । यसका साथै छालालाई मुलायम राख्छ र फुट्न दिँदैन ।

    शखरखण्ड-:शखरखण्डमा बीटा केरोटिन हुन्छ । यसले छालालाई सुख्खा हुन दिँदैन ।

    काँक्रो-:यसमा पानीको मात्रा अधिक हुन्छ । जसले स्किन हाईड्रेड राख्छ र छालाको सुख्खापन हटाउँछ ।

    पालुङगो-:पालुङगोको नियमीत प्रयोगले हाम्रो स्किन फुट्न पाउँदैन । यसमा हुने फाईटोकेमिकल्सले हाम्रो स्किनलाई हाईड्रेड राख्छ ।

    टमाटर-:टमाटरमा लिपोइक एसिड हुन्छ । यसले स्किन सेल्सहरु ड्यामेज हुन दिँदैन ।

    उमारेको गेडागुडी-:उमारेको मिक्स गेडागुडीमा फाईबरको मात्रा अधिक हुन्छ । यसले शरीरमा भएको टक्सिन्सलाइ भगाउँछ र स्किन मुलायम बन्छ ।

    भुईँकटहर-:यसमा भिटामीन सी हुन्छ । जसले स्किन सेल्सलाई ड्यामेज हुन दिँदैन र स्किनलाई मुलाउम बनाईराख्छ ।

    अण्डा-:यसमा भएको ल्युटिनले छालालाई मुलायम राख्छ ।

    माछा-:यसमा ओमेगा ३ र फ्याट्टी एसिड हुन्छ जसले छालालाई मुलायम बनाई राख्छ । छाला फुट्न दिँदैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *