breaking news

    चालिस वडामा उम्मेदवारको टुङ्गो

    April 20th, 2017 | by Weekly Nepal
    चालिस वडामा उम्मेदवारको टुङ्गो
    समाचार
    0

    बैतडी, ७ वैशाख । स्थानीय तह चुनावका लागि नेकपा (एमाले) बैतडीले ४० वडाको उम्मेदवारको टुङ्गो लगाएको छ ।

    स्थानीय तहको पुनःसंरचनाअनुसार जिल्लामा रहेका चार नगरपालिका र छ गाउँपालिकाका ८४ वडामध्ये ४० वडामा उम्मेदवारको टुङ्गो लगाएको एमाले बैतडीले जनाएको छ ।

    यस्तै, सुर्नया गाउँपालिकामा अध्यक्षको उम्मेदवारमा नरेन्द्र विष्ट छानिएका छन् भने दोगडाकेदार गाउँपालिकामा चक्र कार्कीको नाम घोषणा गरिएको

    एमाले प्रचारप्रसार उपप्रमुख शेरबहादुर चन्दका अनुसार अन्य बाँकी वडामा छलफल भइरहेको र गाउँपालिका र नगरपालिकामा धेरै आकांक्षी रहेकाले उम्मेदवार छनोट कार्य जारी रहेको उहाँले बताउनुभयो ।

    यस्तै, नेकपा (माओवादी केन्द्र)ले दशरथचन्द नगरपालिका–७ मा वडाका अध्यक्षका लागि पद्मराज बडूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसका साथै प्रचारप्रसार समिति समेत गठन गरिएको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला कमिटी सदस्य गोकर्ण बोहराले जानकारी दिनुभयो ।

    आकांक्षी धेरै भएपछि मतदानबाट टुङ्गो

    पोखरा। नेकपा ९एमाले० कास्कीले पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका आकांक्षी धेरै भएपछि मतदान प्रक्रियाबाट टुङ्गो लगाउने भएको छ ।

    पूर्व जिल्ला कमिटीका अध्यक्ष मानबहादुर जिसी, पूर्व मेयर तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण थापा, युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारी र प्रदेश नं ४ का सदस्य श्रीनाथ बराल मेयर पदको दाबेदार बन्नुभएको छ ।

    त्यस्तै, उपसचिव प्रभा कोइराला, जिल्ला सदस्य मञ्जु गुरुङ, जिल्ला सदस्य पोखरा लेखनाथ–११ की मीना गुरुङ, पूर्व जिल्ला उपसचिव देवका पहारी र केन्द्रीय विभागकी सदस्य पोखरा लेखनाथ–१९ की मीना गुरुङ उपमेयर पदका दाबेदार हुनुहुन्छ ।

    मुलुकमै क्षेत्रफलमा सबैभन्दा ठूलो एवम् पर्यटकीय नगरी यस महानगरपालिकाको उच्च पदमा रहेर काम गर्ने उत्कट इच्छाका कारण कसैले पनि उम्मेदवारीको दाबी नछाडेपछि जिल्ला कमिटीलाई निकै सकस परेको र मतदान प्रक्रियाबाट उम्मेदवार छान्ने निर्णय भएको जिल्ला कमिटीका कार्यालय सचिव वैनबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

    जिल्ला कमिटीले शुक्रबार पार्टीको पोखरा–लेखनाथ महानगर सङ्गठन कमिटीको बैठक डाकेको छ र त्यही बैठकले लोकप्रिय नेता छानिने बताइएको छ । सो कमिटीमा ४४१ जना सदस्य छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *