breaking news

    चार दिनमा खोलाले दुई जना बगायो

    September 13th, 2017 | by Weekly Nepal

    भोजपुर, २८ भदौ । पहाडी जिल्ला भोजपुरमा चार दिनको अन्तरालमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

    चार दिनको अन्तरालमा षडानन्द नगरपालिका–७ केउरेनी पानीका गोपाल दर्जीका १९ वर्षीया छोरी दिचना दर्जी र पौवादुम्मा गाउँपालिका–१ श्यामसीलाका १२ वर्षीय नीरज तामाङको मृत्यु भएको हो ।

    दर्जीलाई आइतबार दिनको ४ बजेतिर खेत गोडेर फर्किने क्रममा कान्ले खोलाले बगाएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ भने तामाङलाई बिहीबार सदरमुकाम नजिकैको छङ्छङ्गे खालाले बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुवै मृतकको शव परीक्षण गरी आफन्तको जिम्मासमेत लगाइसकिएको प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिनुभयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *