breaking news

    घुवाँलो – इन्द्रकान्त शर्मा

    January 10th, 2017 | by Weekly Nepal
    घुवाँलो – इन्द्रकान्त शर्मा
    साहित्य
    0

    “घुवाँलो चलेछ, माइली ।”
    गहभरि आँसु चुहाउँदै
    ठुली दिदीले आफ्नी माइली बहिनीलाई
    झिसमिसे उज्यालोमा ओछ्यानमै गएर भनी–
    “के को घुवा लो होला नि दिदी ? ।”
    थररी हुँदै माइली बहिनीले सोधी–
    “कान्छी पोइल जाने रे”
    दिदीले रूँदै रूँदै भनी
    “को कान्छी ? तरै ?
    बिहान बिहान यो के सुन्नु परेको हो नि ।
    सशङ्कित हुँदै माइलीले फेरि सोधी–
    “ए काठमाडौ सरकारले
    थाहा पाए होला कि क्यारे होला नि ?!”

    “सरकारमै रहेका गिद्धहरूले त हो नि
    कान्छीलाई पोइल पठाउन खोजेका ।”
    आव्रmोशित हुँदै दिदीले जवाफ दिई ।

    “ए कहाँ होला नि दिदी ?।”
    “आफ्नै आँठाको कुरो पनि कस्तो थाहा नपाएकी माइली ?!
    त्यही नजिकैको मिचाहा आँठेभाइ हो क्या !”

    “ए, कहा होला नि ?
    मेरा त आङ जिरिङ भएर आयो ।
    कुरो छर्लङ्ग हुने गरी छिचलेरै भन न मेरी दिदी ?!”

    दिदीले रूँदै रूँदै कुनै हाडखुर नै बाँकी नराखी
    आँतैपाइ कुरो छिचोली
    “गिद्धे सत्तामा गुडँका लागि चाहिने झार
    न्यानो पारि ढुक्कस ग बस्ने हो भने
    विस्तारवादी आँठेभाइले भने अनुसार नै
    ओसारपोसार गर्नु पर्छ रे क्या !”

    “ए त्यसो भए
    अब नेपाल आमाका
    हामी दुई बहिनी हिमाली र पहाडी मात्र रहने भयौ ?”

    “धुवाँलो त देशभरि त्यस्तै छ ।”
    दिदीले आँसु पुछ्दै पुछ्दै भनी ।

    “मिचाहा आँठेभाइकहाबाट झार ओसारपोसार गर्ने गिद्धहरूलाई
    गुँडमै पसेर कठालो समात्ने सन्तान पनि
    तराई लगायत नेपालभरि जन्मिएका छन्,

    नरुनुस दिदी
    माइली बहिनी पहाडीले
    ठुली दिदी हिमालीलाई ढुक्क पार्दै फेरि भनी–
    “कान्छी बहिनी तराईलाई
    नेपाल–आमाबाट छुटयाउन खोज्ने गिद्धहरू समेत
    मिचाहा आँठेभाइलाई छप्काउने
    खुकुरी अर्चाप्न बेर गर्ने छैनन्,
    नेपालले सिक्किम कोसोभो वा इरिटिया हुनु पर्ने छैन”
    (घुवाँलो कविता सङ्ग्रहबाट)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *