breaking news

    गगन थापाले को हो ठेकेदार भनेर गाली गर्दा ससुरा परेपछी ..

    August 10th, 2017 | by Weekly Nepal
    गगन थापाले को हो ठेकेदार भनेर गाली गर्दा ससुरा परेपछी ..
    फिचर
    0

    काठमाडौं । बाटोको कुरा उठ्दा यसबारे आज मैले यहाँ स्पष्ट भन्नैपर्छ। पहिले यहाँ बाटो सानो थियो तर राम्रो थियो। तर ठूलो बाटो चाहिने भएपछि त्यसको माग गरियो। जहिले पनि बाटोको माग गर्न जाँदा हाम्रो भागमा पर्ने भनेको चार, आठ, दश लाख हो। तर बाटोलाई बिस्तारमा हाल्न सके जति पनि पैसा पाइने। त्यसैले बाटो बिस्तारको योजनामा हाल्ने भनेर त्यो अभियान सुरु गरियो।

    अब यो बुढानिलकण्ठ नगरपालिकामा बिस्तारमा नपरेको बाटो कुनै पनि छैन। एक दर्जन बाटो बिस्तारको योजनामा छ। त्यो आफैँ भएको होइन। त्यसमा निर्णय गराएर, फाइल बोकेर, यही वर्ष पार्ने भनेर सबै पारियो। अहिले जुन बाटो खराब देखिन्छ, त्यो बिस्तारमा परेको हो। बाटो पार्ने बेलामा निकै उत्साहित भएर पारिन्छ। यो वर्ष पनि गाम्छा–कौडेल–सापाडोलको बाटो भनेर सडक विभागमा पहिले सर्भे गर्न लगाइयो। अन्तिम दिनमा आएर सर्भे आएको मान्छेले ‘ल है अर्थले थप बजेट नदिने भयो, तपाइँहरु कुद्नुपर्यो’ भन्नुभयो। मैले न्हुँच्छे दाइलाई फाइल बोकाएर कुदाएँ। संयोगले चिनेको दाइ आउनुभएको थियो उहाँलाई भनेँ, अर्थमन्त्रीलाई भनेँ।

    अन्तिममा ६५ करोड रुपैँया पर्‍यो एउटालाई ५२ र अर्कोलाई १३ करोड पैसा आएको छ। अब एकदुई दिनमा टेन्डर खुल्छ। टेन्डर खुलेपछि के हुन्छरु अब ५२ करोडको योजनामा २० करोडको टेन्डर हाल्दिन्छ। २० करोड हाल्नेलाई टेन्डर परेपछि त्यसलाई दिइएन भने अख्तियारमा गयो। सर्भे गर्दा ५२ करोड बाटोमा पर्छ। तर बनाउने कन्ट्रयाक्टरले २० करोडमा हाल्छ। उसलाई दिनै पर्‍यो उसले पाएपछि बनाउँदैन, बनाउन सक्दैन। तर काम गर्दागर्दै घर वा बिजुलीको पोल सार्नुपर्ने भयो भने काम अड्कियो।

    यही लसुनटारको बाटोमा मात्रै बिजुलीको पोल सार्नु प¥यो भनेर म तीन चोटी आइसकेँ। हिजो कुलमानजीलाई नै फोन गरेँ। वहाँको फोन अफ थियो, त्यहाँको हाकिमसाबलाई फोन गरेर राम्ररी थर्काइसकेपछि बल्ल उहाँले राती फोन गर्नुभो। आज क्रेन आउन सकेन, आएपछि गर्छु भन्नु भएको छ।

    हेर्दा यो सानो कुरा देखिन्छ। तर क्रेनले पोल नतान्ने साथै कन्ट्राक्टरले निवेदन दिन पाइहाल्छ, पोल नहटेकोले मैलो बाटो बनाउन सकिनँ भने। त्यसो भनेपछि बाटो बनाउने उसको म्याद थपिदिइहाल्नुपर्छ। यहाँ जतिपनि ठेकेदारको कुरा आएको छ, ती सबैको निवेदन परेर उहाँहरुले बाटोको म्याद थप्न पाउनुभएको छ। ऊ बाटोको म्याद किन थप्न चाहन्छरु टेन्डर जम्मा २० करोडमा हालेको छ, ५२ करोडको बाटोमा। बाटोको म्याद खानेपानी, बिजुलीको कारणले, कहिलेकाहीँ ढुंगागिट्टी नपाएको कारण भनेर थपिन्छ। एक त त्यसै पनि दुई वर्षको समय उसले पाउँछ।

    म मन्त्री हुँदा सडक विभागमा धेरै चोटी डेलिगेसन जाँदा सडक विभागका इञ्जिनियरहरु झण्डा हल्लाएर मन्त्री आएको भनेर लाजका कारण उहाँहरु आफैँ मकहाँ आउनुहुन्थ्यो। पर्दैनपर्दैन तपाइँ नआउनुस् भन्नु हुन्थ्यो। गएर पनि के गर्नेरु

    अब त्यसरी काम चल्दैन भनेर मैले एकएक ठेकेदार खोजेर भेटेँ। अस्ति एउटा ठेकेदारलाई चाहीँ आज छोड्दिनँ भनेर को हो ठेकेदार भनेर कराएको, ‘ज्वाइँ साब म हो’ भन्दै कुन चैँ ससुरा पर्ने आएछ।

    अब के गर्ने ससुरालाई ? ठिक्कठिक्क गाली गरेर त्यहाँबाट हिडेँ म। यस्तो छ अवस्था। सबै ठेकेदारको घर पनि गइसकेँ। सबै हातमा कागज बोकेर बसेका छन्।

    यसको बारेमा थाहा नपाएर, हेर्न नगएर बेवास्ता गरेर, तपाइँहरुले यसो गर्ने भनेर साथीहरु बेलाबेलामा भन्नुहुन्छ, लेख्नुहुन्छ। यसको बारेमा थाहा नभएको होलारु यसको बारेमा केही नगरिएको होलारु यति गैरजिम्मेवार हुँला तरु देशभर जहाँ सकिन्छ त्यहाँ गर्ने भनेको बेला आफूलाई निर्वाचन जिताउने आफ्नो ठाउँका मान्छेको नगरिएलार? फेरि जहाँ पैसा पार्न आफैँ कुदेको छु।

    एउटा निर्वाचन क्षेत्रमा पाँच करोडको बाटो पार्ने भनेर हामीले लबी गरेर बहुवर्षीय योजनामा निर्वाचित सांसदले भनेको ठाउँमा पाँच करोड हाल्ने व्यवस्था गरियो। म संसदमा बसिरहेको बेला नै यहाँ त्यो पैसा सुन्दरबस्तीको बाटोमा हाल्ने भनेर एसएमएस गरेर पठाएको। पर्‍यो त्यो पैसा परेपछि बनाउन सुरु भयो। त्यसपछि के भयोरु ढलको पैसा नपरेको कारण बाटो नबनाउने भनेर एक वर्षसम्म जस्ताको तस्तै रह्यो। फेरि अस्ति आफैँ अर्थ मन्त्रालय गएर भेरिएसन अर्डर भन्दोरहेछ, त्यो स्वीकृत गरेर ल्याइसकेपछि बल्ल बनाउन सुरु गरेको छ।

    अस्ति इञ्जिनियर साबहरु मेरो घर आउनुभएको थियो, मैले वहाँहरुलाई मलाई डर के कुरा सुनाएँ। त्यो के भने सापाडोलको बाटोमा पैसा पर्‍यो अब दुई वर्षपछि साफ गाली खाइन्छ। ‘पैसा पारेर हुन्छरु यहाँ आए बाटो हेर् बाटो।’ किनभने ५२ करोड पैसा आएको छ, टेन्डर हाल्दिन्छ २० करोड। बनाउन सक्दैन।

    त्यसैले अहिले काठमाडौँका अरु सांसदहरुसँग मिलेर काठमाडौँजस्तो ठाउँमा विकासको काम गर्ने कुरामा यसरी घटाघट गरेर ५० करोडको बाटोलाई २० करोडमा दिएर काम चल्दैन। यहाँ नयाँ ढंगले काम गर्नुपर्छ। त्यो नयाँ ढंग के हो भन्ने बारेमा अध्ययन गरेर प्रधानमन्त्रीलाई बुझाउने भनेर हामीले टोली नै गठन गरेका छौँ। त्यो नगरुञ्जेल हाम्रो ठाउँ बिग्रिन्छ। तर त्यसो भनेर अत्याउन खोजेको होइन। एकएक ठेकेदारसँग भेटेर, कुन बाटो कहिले सक्ने भनेर, सबै बाटो हिँडेर काम गरिन्छ। खाली हामी अहिले बर्खाको समाप्ति कुरिरहेका छौँ।

    अहिले त अब बालुवा हाल्यो, माटो हाल्यो, ढुंगा हाल्यो, जस्ताको तस्तै हुन्छ। खर्च मात्रै। अब बर्खा सकिनासाथै प्रत्येक ठेकेदारसँग बसेर तिम्रो समस्या के छ भनेर म समाधान गर्छु, पैसा कहाँ पुगेन, खोजेर ल्याउने जिम्मा मेरो, ढुंगागिट्टी कहाँ पुगेन, म कुदेर गर्छु तर बाटो बाँकी रहनुहुँदैन भनेर काम हुन्छ। एउटै ठेकेदारले दुईतीन बाटो लिनुभएको छ। त्यस्तोमा पहिले मुख्यमुख्य बाटो बनाउने भनेर कुरा भएकोछ।

    मैले सबै कुरा तपाइँहरुलाई भनेँ। तपाइँहरु नआत्तिनुहोला।

    मेयर साबले एमालेको झण्डा बोक्नुभएको छ। मैले कांग्रेसको। तर यो झण्डा बोक्ने काम चुनावसम्म मात्रै हो भनेर मैले भनेको छु। म सबैको सांसद हुँ, वहाँ सबैको मेयर हो। सानातिना त्रुटी भएपनि मन माझ्दै विकासको कुरामा एकठाउँमा उभिनुपर्छ। हामी त्यसै गरिरहेका पनि छौँ।

    (बुढानिलकण्ठ नगरपालिकाको चुनिखेल स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सांसद थापाको मन्तव्यको सम्पादित अंश)-नेपालखबरबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *