breaking news

    कुन गुणस्तरको पानी बोक्ने ट्यांकर हो, अब रंग हेरेरै थाहा हुन्छ – सञ्जिव विक्रम राणा, कार्यकारी निर्देशक केयुकेएल

    April 30th, 2017 | by Weekly Nepal
    कुन गुणस्तरको पानी बोक्ने ट्यांकर हो, अब रंग हेरेरै थाहा हुन्छ – सञ्जिव विक्रम राणा, कार्यकारी निर्देशक केयुकेएल
    अन्तरबार्ता
    0

    खानेपानी व्यवस्थापन वोर्डको नयाँ नीति नियम तर्जुमा गरी रहँदा उपत्यकाको जनताले दैनिक उपभोग गर्ने सबैभन्दा उपयोगी नभै नहुने पानीको व्यवस्थापनमा निकै उल्लेखनीय भूमिका खेल्दै आएको वोर्ड नयाँ नियम लागु गर्ने भएको छ । जस अनुसार पानी बोक्ने टयाङ्कीले अब तिन किसिमको स्टीकर टासेर वितरण गर्नु पर्ने बाध्यताले उपत्यका बासीको स्वाथ्यको राम्रो हेरचाह भएको अपेक्षा गर्न सकिन्छ । त्यसैले यिनै समसामयिक विषयलाई लिएर वोर्डका कार्यकारी निर्देशक श्री सञ्जिव बिक्रम राणासँग नयाँ बिकल्प साप्ताहिकले गरेको कुराकानीको सम्पादीत अंशः

    ० भर्खरै मात्र खानेपानी बोक्ने ट्यांकरमा स्टिकरको व्यवस्था गरिएको छ । यतिका समयसम्म विना स्टिकर चलेका ट्यांकरमा स्टिकरको आवश्यक्ता किन ?

    – ट्यांकर व्यवसाय यति छिटै फस्टाउला भन्ने धेरैलाई लागेको थिएन । माग र आर्पूिर्तको खाडलका कारण यसले फस्टाउने मौका पायो । तर, यो सम्बन्धि नियमकानुन केही पनि थिएन । यसैलाई मध्यनजर गरेर ट्यांकर सेवालाई कानुनी दायरामा ल्याउन लागेका छौं । पानीको गुणस्तरलाई ३ भागमा वितरण गरेका छौं । पिउन योग्य पानी , जसलाई घरमा शुद्धिकरण गरेर पिउन सकिने पानी घरायसी पानी र तेस्रो निर्माणका काममा प्रयोग हुने पानी भनेर वर्गिकरण गरेर निलो, हरियो र पहेँलो स्टिकर दिएर शुरु गरेका छौं । टयांकरमा अहिले स्टिकरको व्यवथा गरेका छौं । कालान्तरमा कुन प्रकारको पानी बोक्ने ट्यांकर हो छुट्टिे गरि रंगको व्यवस्था गर्ने योजनामा छौं ।

    ० अहिले बोर्ड ११ औ वर्षमा पुगेको छ । यहाँसम्म आइपुग्दा उपत्यकामा खानेपानीको समस्या त उस्तै छ नी ?

    – हाम्रो मुख्य जिम्मेवारी भनेको काठमाडौं खानेपानी लिमिटेडले दिने सेवाको अनुगमन हो । तर यसमा बोर्ड सन्तृष्ट छैन, किनभने केयुकेयलबाट वितरित सेवा त्यति गुणस्तरीय छैंन । हुनत एक किसिमको बाध्यता पनि छ, केयुकेयलमा । सन् २००६ मा नै मेलम्ची आयोजना सम्पन्न हुन्छ भन्ने, लक्ष्य राखेर कामहरु अघि बढाएको थियो । तर, त्यो सम्पन्न नभएको अवस्था छ । जे अपेक्ष हामीले गरेका थियौं यो अवस्थासम्ममा आयोजना पुरा हुनुपर्ने हो । त्यो पुरा नभएपछि पानी उपलब्ध हुन सकेन । यसले गर्दा सेवामा समस्या आयो ।

    ० उपत्यकामा अहिले खानेपनिको हाहाकार छ । खानेपानी व्यवस्थापन बोर्डले उपत्यकाबासीको खानेपानीको मागलाई पूर्ती गर्न के गरिरहेको छ ?

    – काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड आफैले पुजिँगत खर्चको कार्यहरु गदैन । यसले सेवा प्रदायक काठमाडौं उपत्यका खानेपानी बोर्ड र आयोजना कार्यन्वयन निर्देशनालय मार्फत ती कार्यहरु गर्ने गरेको छ । यसै सिलसिलामामा भुमिगत स्रोतको बृद्धिका लागी ४० वटा ट्युबवेलहरु काम अन्तीम चरणमा पुगी सकेका छन् भने कतिपय बनिसकेका छन् र केही निमार्णधीन अवस्थामा छन् । यो काम चाँडै पुरा   हुन्छ । त्यो बाहेक लक्ष्यअनुरुप मेलाम्ची खानेपानी आयोजना अन्र्तगत काठमाडौं उपत्यका क्षेत्र भित्रका काम पनि धमाधम भैरहेको छ । अर्को उपलब्धी भनेको पहिला भूमिगत स्रोतको पानीमा कुनै किसिमको अनुमतिपत्र लिनुपर्ने अवस्था थिएन् । अहिले बोर्डले करिब चार सय भन्दा वढी जति अनुमतिपत्र प्रदान गरेको छ । यस आ.व.को अन्त्यसम्म ६ सयवटा ट्युबवेलहरुलाई अनुमतिपत्र प्रदान गर्ने लक्ष्य छ । यस बोर्डको अनुमानमा काठमाडौं उपत्यकाभरि करिब १ हजार वटा ट्युबवेलहरु छन् । ती मध्ये यो बर्षमा ६ सय र त्यसपछिका बर्षमा अन्यलाई समेत कानुनी दायरमा ल्याउने लक्ष्य छ । अपेक्षागरे अनुरुपको काम बोर्डले गर्न सकेको छैन् । तापनि आफनो जिम्मेवारी पुरा गर्न बोर्ड निरन्तर लागिपरेको छ ।

    ० भूमिगत स्रोतबाट निकालिने खानेपानी उपत्यकावासीले वर्षौदेखि खाइरहेका छन् । यसरी निकालिएको पानीको गुणस्तरका विषयमा गुनासाहरु सुनिन्छन् । बोर्ड के गर्दैछ ?

    – बोर्डले भूमिगत स्रोतको उपयोग गर्ने गरेको छ । यसमा अहिले हामी एउटा अनुसन्धानका क्रममा छौं । यदि रिसर्च सफल भयो भने काठमाडौं उपत्यकाको खानेपानीमा टेवा दिनसक्ने अवस्था हुन्छ । जस्तै–काठमाडौं उपत्यकाको डिप ट्युबवेलको भूमिगत सतहको पानीमा अधिकतम मात्रामा एमोनिया रहेको छ । जुन अहिलेको अवस्थामा हटाउन गा¥है छ । यो अभियानमा जापानको यामानासी विश्वविद्यालय जस्ता अन्य एक दूई वटा सरोकारवालाहरुसँग मिलेर अनुसन्धान गरिरहेका छौं । यो सफल भयो भने आइरन र एमोनियाले गरी भूमिगत पानीमा रहेको समस्यालाई पूर्णरुपमा खानेपानी शुद्धिकरण गरेर कम लागतमानै वितरण गर्न सकिने अवस्था हुन्छ । माग र आपूर्तिको खाडल नै समस्या हो । त्यसलाई हल गर्न बोर्ड प्रतिवद्ध छ ।

    ० काठमाडौंका कतिपय स्थानका धारमा पानी नै आउदैन टृयुबवेलमा पनि पानी आउदैन, त्यसलाई के गर्नुहुन्छ ?

    – ट्युबवेललाई स्यालो ट्युबवेल र डिप ट्युबवेल गरी दूई किसिमले हेर्नुपर्ने हुन्छ । स्यालो ट्युबवेलबाट प्रयोग गरिने पानी माथिल्लो तहको पानी हो । जुन सतहको पानी हामीले अधिकतम घरयासी प्रयोजनका लागी प्रयोग गछौं । यो पानी छिटै पुर्नभरण हुने र सुक्ने पनि हुन्छ । यसलाई सहयोग पुगोस भनेर वर्षातको पानी संकलनको अवधारण ल्याइएको हो । यो जमिनमुनी धैरै गहिरो रुपमा नगैकन प्राप्त सतहको पानी हो । यसलाई वर्षातको पानी संकलन गरेर पुनर्भरण गरेको खण्डमा यस प्रकारको पानीको सतह माथी आउने सम्भावना रहन्छ । बोर्डले गरेको अनुसन्धानले पनि यहि देखाएको छ । तसर्थ नयाँ मापदण्ड अनुसार घर बनाउँदा केही प्रतिशत भूभाग छोड्नुपर्ने नियम कडाईका साथ लागु गर्नुपर्दछ ।

    ० मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा अरु केही आयोजना ल्याइएका छन् ?

    – मेलाम्चीको पानीको विकल्प त यस बोर्डले खोज्नै पर्दछ । किनकी पहिलो चरणमा मेलाम्ची आयोजनाबाट १७ करोड लिटर मात्र पानी   आउँछ । यो पानी पर्याप्त हुदैन् । सो अवस्थामा पनि निश्चित समयमा मात्रै पानी वितरण गर्नुपर्ने हुन्छ । त्यो बाहेक याङ्ग्री र लार्के खोला अध्यायनकै चरणमा छन् । यसबाहेक विनासकारी भुकम्पबाट सिकेको पाठ यो हो की हामी एउटै श्रोतमा भरपर्नु राम्रो हुदैन् । त्यसकारण मेलम्चीको पानी आएतापनि त्यसको विकल्पको रुपमा दूई चार वटा कार्यक्रमहरु गर्ने कार्य अगाडी बढाएका छौं । पहिलो कुरा त हालको संरचनामा रहेका स्रोतहरुलाई मेलाम्ची आएपश्चात पनि संचालन गर्न सकिने अवस्थामा राखिनु पर्दछ । दोस्रो अन्य मझौंला खालका आयोजनाहरुमा पनि कार्यहरु अघि बढाउनुपर्दछ । उदाहरणको लागी महादेव खोलामा काम अघि बढेको छ । ठोस्ने, सिस्नेरी जस्ता मध्यमकालीन आयोजनाहरुको सम्भाव्यता अध्ययान भै काम अगाडी बढेका छन् ।

    ० बोर्डले मेलम्चीको पानी आइसेकपछि कसरी वितरण गर्ने योजना बनाएको छ ?

    – अहिलेसम्मको स्थितिमा जसरी केयुकेएल संञ्चालन भएको छ, त्यो स्थितिमा मेलाम्ची आयोजना सम्पन्न भईसकेपछि केयुकेयल आफ्नो क्षमतालाई बढाउने पर्ने देखिन्छ । मेलाम्ची आयोजना सम्पन्न हुँदासम्म यदि केयुकेयलले आफुलाई सुधार गर्न र क्षमता बृद्धि गर्न सकेन भने हामीले नीजि संञ्चालक खोज्नुपर्ने बाध्यता हुन्छ । त्यो काम गर्न कानुनी रुपमा हामीलाई कुनै वाधा व्यावधान छैन । त्यस्तो अवस्थामा केयुकेयलले सेवाको गुणस्तरमा सुधार गर्नुपर्छ । यदि केयुकेयलले आफनो सेवा सुविधामा गणुस्तरीय सुधार गर्न सकेन भने हामीले अर्काे सञ्चालक खोज्न वाध्यता हुनु पर्छ ।

    ० काठमाडौं उपत्यकावासीले झेल्दै आएको खानेपानीको समस्या कहिले समाधान होला ?

    – मेलम्चीको टडेल खोल्ने काम लगभग अन्तीम चरणमा छ । असोज कार्तिक भित्र सम्पन्न ह्ुने चरणमा छ । त्यसै गरी याङ्ग्री र लार्केबाट काठमाडौंमा ३४ करोड लिटरसम्म स्वच्छ गुणस्तरीय पानी उत्पादन हुन सक्छ र त्यतिबेलाको जनसंख्यालाई समेत ध्यानमा राखेर हिसाब गर्दा पनि सन् २०२५ सम्ममा चौबिसै घण्टा पानी वितरण गर्ने अवस्था हुन्छ । काठमाण्डौ उपत्यका भित्र पाइप लाइन गर्ने कार्य त्रिव गतीमा भइरहेको छ भने । रिङरोड भित्र मात्र मेलम्चीको पानी वितरण गर्ने भनिएको छ । दोस्रो चरणमा हामी रिङ रोड र बाहिर छुटेकाहरुका लागी पनि समाबेश गर्ने योजना बनाएका छौ । एउटा मात्र स्रोतमा भर पर्नुहुँदैन । भूकम्पले यो पाठ सिकाएको छ । एउटा स्रोतका भर पर्दा खराब अवस्था आउनसक्छ । मेलम्चीको टनेल मर्मत गर्नुपर्यो भनेपनि ह्रास आउँछ । यी सबै कुरालाई मध्यनजर गरे ७ वटा आयोजनाहरुको सम्भाव्यता अध्ययन गरिरहेका छौं ।

    ० मेलम्ची त ठुलो योजना भयो । सँगैमा उपत्यकामै रहेका खानेपानीका स्रोत व्यस्थापनका लागि बोर्डसँग के योजना छ ?

    – पहिलो चरणमा १७ करोड लिटर पानी मेलम्चीबाट र दोस्रो चरणमा ३४ करोड लिटर पानी ल्याउने योजनामा छ । सम्भाव्यता अध्ययन भइरहेको छ । त्यहाँबाट आएका प्रतिवेदनका आधारमा मात्र हामी अघि बढ्न सक्छौं । काठमाडौं उपत्यकाभित्र अहिले भएका स्रोतको व्यवस्थापन गर्ने र जहाँ त्यो पानी पुग्न सक्दैन त्यहाँ मेलम्चीको पानी पु¥याउने योजना बनाइरहेका छौं । मेलम्ची असोज महिनामा ल्याइसक्ने योजनाअनुसार अहिले काम भइरहेको छ । अहिले सम्पन्न हुने योजना चक्रपथभित्र छ । चक्रपथबाहिर पनि पानी वितरणको प्रणालीको काम शुरु गर्नुपर्नेछ । पुरानो प्रणालीबाटै वितरण गर्दा चुहावटको सम्भावना बढी हुन्छ । उपत्यकामा रहेका स्रोतहरलाई एउटै मास्टर प्लानभित्र ल्याएर काम गर्ने गृहकार्यमा बोर्ड छ ।

    ० आगामी दिनमा बोर्डको लक्ष्य के छ ?

    – बोर्ड अन्र्तगत केयुकेयल र पिआइडी छन् । जे जति समस्या त्यहाँ छन । ती सबै यस बोर्डका समस्या हुन । यी बाहेक हामीले भोग्नु परेको समस्या भनेको जग्गा संरक्षणमा देखिएका केही कानुनी समस्याहरु छन । कतिपय निराकरण गदैं गएका पनि छौं । काठमाण्डौ उपत्यका खानेपानी व्यावस्थापन बोर्डलाई धेरै जिम्मेवारी दिएको छ । जिम्मेवारी अनुरुप कानुनी रुपमा दिइनुपर्ने अधिकारहरु दिएको छैन् । विद्यामान परिस्थितिलाई हेरेर ऐन परिमार्जन गर्नुपर्ने र अडचन फुकाउनु पर्ने अवस्था छ । त्यसैले हाम्रो मुख्य लक्ष भने कै मेलम्ची पानी जती सक्दो चाडो ल्याउने र वितरण प्रणाली व्यवस्थीत गर्ने साथै बैकल्पिक स्रोतको पहिचान गरी उपत्यका बासीको खानेपानी समस्यालाई सामाधान गर्नु नै हो । अन्यतमा काठमाडौं उपत्यकामा भरपर्दो र सुलभ खानेपानी तथा ढल निकासको व्यवस्थाको लागी यो संस्था गठन र संचालन भएको हो । नेपाल सरकार र एसियाली विकास बैंकको पनि सहयोगमा विभिन्न कार्यहरु भैरहेका छन् । यो कार्यक्रमको समाप्ति पछि खानेपानीको हकमा मेलाम्ची र दोस्रो चरणमा याङ्ग्री र लार्के रहेको छ भने ढल निकास व्यवस्थापनको काम भैसके पछि काठमाडौंमा खानेपानी र ढल व्यवस्थापनको समस्या समाधान हुन्छ । त्यसैले सम्बन्धित सबै सरोकारवाला पक्षबाट सहयोगको अपेक्षा गर्दछु ।

    ० अन्त्यमा के भन्न चाहनुहुन्छ ?

    – काठमाडौं उपत्यकालाई एउटा बास्केटमा राखेर योजना बनाउँदैछौं । सन् २०२५ सममाद्ध काठमाडौवासीले २४ घण्टा सफा शुद्ध पानी खान पाउनुहुनेछ भन्ने विश्वास लिएको छु ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *