breaking news

    ‘कुटुमा कुटु’ले पायो करोड भ्यू

    July 16th, 2017 | by Weekly Nepal
    ‘कुटुमा कुटु’ले पायो करोड भ्यू
    मनोरन्जन
    1

    काठमाडौं। हलीउड र बलीउड फिल्मका गीतले रिलिज भएको एक हप्ता पनि ननाघ्दै युट्युबमा करोड भ्यू पाउँछन् । अहिले नेपालमा पनि राम्रै बजार पिटेका गीतहरुले युट्युबमा करोड भ्यू पाउनु सामान्य बन्दै गएको छ ।

    ‘वडा नम्बर ६’ को ‘सुर्के थैली खै’, ‘छक्का पन्जा’को ‘पूर्व पश्चिम रेल’, ‘लुट २’ को ‘ठमेल बजार’ र यस वर्ष रिलिज भएको फिल्म ‘पर्व’को ‘काले दाई’ बोलको गीतले युट्युबमा करोड भ्यू पाइसकेका छन् । यस्तै, यस बर्षको भाद्र २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीतको भिडियोले पनि युट्युबमा करोड भ्यू पाएको छ ।

    युट्युबमा रिलिज गरिएको एक महिनामा यो गीतले करोड भ्यू पाएको हो । कम समयमा करोड भ्यू पाउने यो पहिलो गीत पनि बनेको छ । ६४ हजार बढी लाइक पाएको यो गीतलाई साढे ४ हजार डिसलाइक मिलेको छ । असिम शाहको निर्देशनमा तयार भएको यो फिल्मको लोक लयमा आधारित गीतमा निर्देशक निश्चल बस्नेत, आशिफ शाह र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् ।

    गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वरमा राजनराजलाई मेलिना राई र राजन ईशानले साथ दिएका छन् । यसअघि राजनराजकै संगीतमा बनेको ‘सुर्के थैली खै’ र ‘पूर्वपश्चिम रेल’ गीतले युट्युबमा करोड भ्युज पाइसकेका छन् । यी तीनवटै गीतका एरेन्जर राजन ईशान हुन्। ‘कुटुमा कुटु’सँगै राजनराजले युट्युबमा करोड भ्यू पाउन सफल गीतमा ह्याट्रिक मारेका छन् ।

     

    One Comment

    1. Ranjeet sharma says:

      hait

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *