breaking news

    किसान डिष्टिलरीबाट राजस्व छली

    December 8th, 2015 | by Weekly Nepal
    किसान डिष्टिलरीबाट राजस्व छली
    अर्थ
    0

    कपिलवस्तु, २२ मङ्सिर । रुपन्देहीको एक मदिरा उद्योगले राजस्व छल्ने गरेको तथ्य बाहिर आएको छ ।

    रुपन्देहीस्थित किसान डिष्टिलरीले मधेस आन्दोलनको फाइदा उठाउँदै आफूले उत्पादन गर्ने ७० युपीको किसान लिची र ७० युपीकै किसान सौफी ब्राण्डको मदिरा अन्तशुल्क (बिना स्टिकर) कपिलवस्तुमा बिक्री गरी राजस्व छली गरेको भेटिएको छ । सो उद्योगमा उत्पादन गरेका मदिराको ठूलो हिस्सा छिमेकी जिल्ला कपिलवस्तुमा लगातार रुपमा आइरहेको एक जिल्लाका एक मदिरा व्यवसायीले बताउनुभयो । बन्दको फाइदा उठाउँदै उक्त कम्पनीले निरन्तर रुपमा मदिरा बेचिरहेको बताइएको छ ।

    जिल्लामा ठूलो बजार क्षेत्र ओगटेको यो मदिरा उद्योगले उत्पादन गर्ने लिची र सौफी बिना स्टिकरमा बजारमा छ्यापछ्याप्ती रहेका छन् । प्रहरीले केही दिनअघि ती दुई ब्राण्डको ठूलो परिमाणको रक्सी लवनी बजारबाट बरामद गरेको थियो ।

    कपिलवस्तुका प्रहरी उपरीक्षक विष्णु केसीले किसान डिस्टिलरीका बिनास्टिकरका सौफी र लिची व्राण्डका मदिरा बरामद गरेको बताउनुभयो । “अनुसन्धाको जिम्मा आन्तरिक राजस्व कार्यालय कृष्णनगरलाई सुम्पेका छौँ” उहाँले भन्नुभयो ।

    सो उद्योगका सञ्चालक जसवन्त सिंहले राजस्वकै कर्मचारीको रोहवरमा उद्योगमा स्टिकर लगाइने र सामान बाहिर पठाइने गरेको बताउनुभयो । “बिनास्टिकरको मदिरा भेटियो भन्नेबारे उद्योगको जानकारीमा छैन” उहाँले भन्नुभयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *