breaking news

    करणसँग बिग्रेको सम्बन्ध बारे काजोलले खोलिन् मुख

    March 20th, 2017 | by Weekly Nepal
    करणसँग बिग्रेको सम्बन्ध बारे काजोलले खोलिन् मुख
    मनोरन्जन
    0

    काठमाडौं ।केही वर्ष अघिसम्म अभिनेत्री काजोल र निर्माता करण जोहरको मित्रता निकै लोभलाग्दो थियो । उनीहरुको सम्बन्ध देखेर रिस गर्नेहरुको पनि कमी थिएन र प्रशंसा गर्नेहरुको पनि । तर त्यो लोभ लाग्दो सम्बन्ध निरन्तर अघि बढ्न सकेन ।

    उनीहरुको २५ वर्ष पुरानो मित्रता सकिएको करण जोहरले केही समय अघि मात्रै आफ्नो बायोपिकबाट सार्वजनिक गरे । उनले काजोलसँग अब कुनै पनि हालतमा प्याचअप हुन नसक्ने पनि खुलाएका छन् । एकताका काजोलले करणका प्राय सिनेमामा बिना पारिश्रमिक काम गर्थिन् । तर त्यो मित्रता अब छैन । अब भने करणको जीवनमा नत काजोलको लागि ठाउँ छ नत काजोलको जीवनमा करणको लागि ।

    करणले बायोपिकमा आफूहरुको सम्बन्ध बिग्रेको कुरा सार्वजनिक गर्दा पनि काजोलले केही पनि प्रतिक्रिया जनाईनन् । तर हालै मात्र एक कार्यक्रममा उनलाई मिडियाले करणसँगको सम्बन्धका बारेमा सोध्दा यस बारेमा आफू बोल्न नचाहेको बताईन् । सम्बन्धहरु निकै मुश्किल हुने भन्दै उनले यस बारेमा आफू बोल्न नचाहेको बताएकी छन् ।

    काजोलको यो स्टेटमेन्टले धेरैले उनीहरुको सम्बन्धमा ठूलै भुकम्प आएको अनुमान लगाएका छन् । खासमा उनीहरुको सम्बन्ध काजोलका श्रीमान् अजय देवगनका कारण बिग्रेको बुझिन्छ । सन् २०१६ मा अजयको ‘शिवाय’र करणको ‘ए दिल है मुश्किल’ एकै दिन रिलिज भएका थिए । त्यस बखत अजयले कमाल आर खानलाई पैसा दिएर करणले ‘शिवाय’को विरोधमा ट्विट गर्न लगाएको आरोप लगाएका थिए । त्यस क्रममा काजोलले अजयलाई साथ दिएर उक्त ट्विटलाई रिट्विट गरेकी थिईन् । यो सँगै उनीहरुको सम्बन्ध सकिएको बताईन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *