breaking news

    ‘कन्टी मार्नु’ –शरदराज गौतम

    September 6th, 2017 | by Weekly Nepal
    ‘कन्टी मार्नु’ –शरदराज गौतम
    साहित्य
    0

    बोलीचालीमा अपभ्रन्स भएर ‘कन्टी मार्नु’ भएको हो ।
    खासमा यो घन्टी मार्नु हो ।
    तराईका बनियाँहरूबीच बोलीचालीमा प्रचलित शब्दावली हो ।
    ‘कन्टी मार्नु’ ।
    तराजुमा सन्तुलन देखाउने घन्टीलाई कुनै प्रकारले बिगार्ने कृया हो ।
    यसको पहिलो र अन्तिम नियत कम तौल दिएर नाफा कमाउनु हुन्छ ।
    बनियाँहरूमा यो विधि बठ्याँई भए पनि आम क्रेताको हकमा यो ठगी नै हो ।
    हाम्रा प्रधानमंत्री शेरबहादुर देउवाको भारत भ्रमण
    गोरखापत्रीय भाषामा जस्तो सुकै ऐतिहासिक उपलब्धि भने पनि
    मधेशको सवालमा यो ‘कन्टी मार्नु’ मात्रै हो ।
    मधेश मुक्तिका लागि मसिहा बन्न हिंडेका दल, नेता तथा कार्यकर्ता र समर्थक
    सबका सबलाई थाङ्गनामा सुताएर ‘कन्टी मारेको’ अवस्था हो
    हाम्रा प्रधानमंत्रीको भारत भ्रमण ।
    असोज २ गतेको चुनावमा के बोकेर जाने हुन, मधेशका नेताहरू ।
    हाम्रा प्रधानमंत्रीले दुई तिहाई पुर्याउँछु र संशोधन गर्छु भन्ने कबुल गरे भनेर ?
    कि संशोधनको मुद्दालाई दिल्ली दरबारको अर्काइभमा राखियो भनेर ??
    मधेशतिर खुबै चल्तीमा एउटा उखान छ ।
    ……….. ओकर नाम सुब्बा पहाडी ।
    शेरबहादुरको ओकर नाम के हो सप्पैलाई थाहा छ ।
    प्रधानमंत्रीको भारत भ्रमणले सबै भन्दा बढी धोका कसैलाई भएको छ भने
    कसैमाथि सबैभन्दा बढी ठगी भएको छ भने
    त्यो मधेश मात्रै हो, जसको कारण मुलुकको आन्तरिक मुद्दामा
    छिमेकी तेस्रो पक्ष भएर वैधानिक हुन पुगेको छ ।
    सरसर्ती हेर्दा दिल्ली दरबारमा आफनो मुद्दा पुगेको भनेर
    मधेशी नेताहरूलाई उपलब्धि लाग्ला,
    तर, सारमा मुलुकको सम्प्रभुताको खोकिलोमा छिमेकीले हाथ घुसारेको छ ।
    मलाई लाग्दछ, सम्पूर्ण मधेश आन्दोलनको यो धोती उपलब्धि हो ।
    धोती घृणाको भेदमा होइन, सफेदको अर्थमा हो ।
    प्रधानमंत्रीले भारत भ्रमणको अवसरमा दिएको अभिव्यक्तिले
    दिल्लीदरबार मधेश मुद्दामा सफेद रुपमा वैधानिक साक्षी हुन पुगेको छ ।
    यो बिषय त्यति मात्रैमा साँघुरिएको भए’नि हुन्थ्यो
    डोक्लाममा स्थापित नेपालको तटस्थता पनि यसले मैलो भएको छ ।
    यसले हाम्रा प्रधानमंत्रीको अबस्था काग बाठो भएको जस्तो गराएको छ ।
    कागको बाठोपन यदि उपलब्धि हो भने,
    हाम्रा प्रधानमंत्रीको भारत भ्रमण उपलब्धिपूर्ण हो ।
    सिवाय मधेशको ।
    मधेशलाई ‘कन्टी मारेको’ छ, यसले ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *