breaking news

    कथा : विनाशको जन्म

    March 19th, 2017 | by Weekly Nepal
    कथा : विनाशको जन्म
    साहित्य
    0

    एकजना महात्माले दर्शालुहरूलाई उपदेश दिने क्रममा पन्चतन्त्रको एउटा कथा सुनाए । दण्डकाव्य वनको एउटा रुखमा केही काग बस्दथे । उनीहरूको शत्रुता चमेराहरूसँग थियो । एकपटक रातिको समयमा चमेराहरूले कागको बथानमा आक्रमण गरे र त्यो आक्रमणमा परेर केही कागहरू मारिए भने केही काग भने बच्न सफल भए ।

    बाँचेका कागहरू मरेका कागहरूको सम्झनामा जहिले पनि दुखित रहन्थे । उनीहरूको मनमा जहिले पनि प्रतिशोधको ज्वाला दन्किरहेको हुन्थ्यो । उनीहरूले योजनाबद्धरुपमा चमेराहरूसँग प्रतिशोध लिने निर्णय गरे र त्यसको पहिलो चरणको कामको जिम्मेवारी एउटा चलाख युवा कागलाई दिए । त्यो बाठो कागले आफ्ना मीठामीठा कुराले चमेराहरूको राजालाई मख्ख पार्‍यो, चमेराहरूसँगै बस्न थाल्यो ।

    एकदिन चमेराहरू गुफामा सुतिसकेपछि त्यो कागले आफ्ना साथीहरूलाई बोलायो । त्यसपछि सबै काग मिलेर सुकेका घासपातहरू जम्मा गरी भेला पारेर गुफामा आगो लगाइदिए । यो कथा सकिएपछि महात्माले भने– युद्ध भनेको दुई देशका बीचका मात्र होइन, जाति, धर्म र व्यक्तिका बीचमा पनि हुन्छ । अनि युद्ध भनेको आगो हो र आगो भनेको विनाश †

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *