breaking news

    ओस्कार विजेता वरिष्ठ कलाकार मार्टिनको मृत्यु

    July 17th, 2017 | by Weekly Nepal
    ओस्कार विजेता वरिष्ठ कलाकार मार्टिनको मृत्यु
    मनोरन्जन
    0

    लस् एन्जेलस्। ओस्कार पुरस्कार विजेता एक अमेरिकी वरिष्ठ चलचित्र कलाकार मार्टिन लान्दाउको ८९ बर्षको उमेरमा आइतबार निधन भएको छ । उहाँ आवद्ध एक चलचित्र उत्पादक एवम् प्रचारप्रसार समितिले सोमबार सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

    अमेरिकाको लस् एन्जेलस अस्पतालमा उपचारार्थ राखिएका कलाकार लान्दाउको आइतबार निधन भएको थियो । बहुमुखी प्रतिभाशाली व्यक्तित्व मार्टिनले सन् १९६० मा टेलिभिजनमा कलाकारको जागिरका रुपमा प्रवेश गर्नुभएको थियो । उहाँले ‘मिसन इम्पोसिबल’ नामक कार्यक्रमबाट आफनो चलचित्र अभिनय सुरु गर्नु भएको थियो । उहाँलाई ‘इद उड’ चलचित्रको अभिनयका लागि ओस्कार पुरस्कार दिइएको थियो ।

    ‘प्रतिष्ठित कलाकार मार्टिनको निधनले हामी अन्त्यन्त दुःखी भएका छौँ’ प्रशारक समितिद्धारा जारी विज्ञप्तिमा बताइएको छ । प्रकाशित विज्ञप्तिमा उहाँले हालै मात्र आफ्नो ८९ औँ जन्मदिन मनाउनु भएको पनि जनाकारी दिइएको छ ।
    रासस/एएफपी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *