breaking news

    ओबामाद्वारा राष्ट्रपतिका रुपमा सिकागोबाट समर्थककाबीच अन्तिम मन्तव्य दिनुहुने

    January 10th, 2017 | by Weekly Nepal
    ओबामाद्वारा राष्ट्रपतिका रुपमा सिकागोबाट समर्थककाबीच अन्तिम मन्तव्य दिनुहुने
    अन्तरास्ट्रिय समाचार
    0

    अमेरिका, २६ पुस । अमेरिकी राष्ट्रपतिले आफ्नो पदिय हैसियतमा गर्ने नियमित कामलाई मङ्गलबारदेखि बन्द गर्नुहुने भएको छ । उहाँले आठ वर्ष पहिले राष्ट्रपतिमा नियुक्त भएपछि आफू हुर्केको सिकागो शहरमा पुगेर राष्ट्रपतिको पदीय जिम्मेवारी सम्हाल्ने घोषणा गर्नुभए जस्तै शैलीमा आफ्नो कार्यकालबाट विदा लिन लागेको कुरालाई आफ्ना समर्थकमाझ सार्वजनिकरुपमा घोषणा गर्नुहुनेछ ।

    राष्ट्रपति ओबामा विशेष विमानमार्फत सिकागोमा जानुभई डोनाल्ड ट्रम्पको ‘अनपेक्षित’ विजयबाट निराश बनेका अफ्रिकी मुलका अमेरिकी सहित सम्पूर्ण समर्थक एवम् प्रशंसकलाई सम्बोधन गर्दै उनीहरुको मनोवल उच्च पार्नुहुने पनि बताइएको छ ।

    राष्ट्रपति ओवामालाई सिकागो शहरमा जाने यात्रालाई उहाँकी जीवन सङ्गिनी मिसेल ओवामा, उपराष्ट्रपति जो विडेन र विडेनकी पत्नी जील विडेन लगायतले साथ दिनुहुनेछ ।

    रासस/एएफपी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *