breaking news

    एनआरएनमा नयाँ तरंग, शेष घलेको उत्तराधिकारी बन्न भवन र जमुनाबीच प्रतिस्पर्धा

    October 12th, 2017 | by admin
    एनआरएनमा नयाँ तरंग, शेष घलेको उत्तराधिकारी बन्न भवन र जमुनाबीच प्रतिस्पर्धा
    फिचर
    0

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को चुनावमा नयाँ ट्विष्ट आएको छ। अध्यक्ष शेष घले पत्नी जमुना गुरुङ घलेले अध्यक्षमा उम्मेद्वारी दिन लागेकी हुन्।

    दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन गरि घलेले उम्मेद्वारी घोषणा गर्न लागेकी छिन्। केही समय देखि उम्मेद्वारीको तयारीमा रहेकी घले अन्तिम समयमा पछि हटेकी थिइन्। सोनाम लामालाई उपाध्यक्ष र त्रिलोक गुरुङ लाई महासचिव जिताउने उद्देश्यसाथ घले ब्याक हुने मनस्थितीमा थिइन्। तर, शेष पक्षधर समूहको तीब्र दबाब पछि जमुनाले उम्मेद्वारी दिन लागेको स्रोतले जानकारी दियो।

    घले दम्पती अष्ट्रेलियाका धनाड्यको सूचीमा १०१ औँ स्थानमा छन्। उनीहरुको सम्पत्ति ६४ करोड ७० लाख अमेरिकी डलर बराबर रहेको फाइनान्सियल रिभ्युले जनाएको छ। शेष एनआरएनएमा दोस्रो कार्यकाल अध्यक्ष भएर आउँदो साता सम्पन्न हुने निर्वाचनबाट बिदा हुँदै छन्।

    एनआरएन अध्यक्षका लागि उपाध्यक्ष भवन भट्ट एवं पूर्व उपाध्यक्ष टिबी कार्कीले यसअघि नै उम्मेद्वारी घोषणा गरि सकेका छन्। अध्यक्षको प्रत्याशीका रुपमा रहेका अर्का उपाध्यक्ष कुमार पन्तले भट्टलाई समर्थन गरेर आफु ब्याक भइ सकेका छन्। त्यस बाहेक संस्थापक अध्यक्ष उपेन्द्र महतो एवं पूर्व अध्यक्ष जीवा लामिछाने पनि भट्टलाई समर्थन रहेको छ। अध्यक्ष शेष पक्षधर समूहबाट जमुनाको उम्मेद्वारी हुने भएपछि अब भट्ट र उनको कडा प्रतिश्पर्धा हुने आँकलन गरिएको छ।

    आउँदो शनिबार सुरु हुने सातौँ विश्व सम्मेलनबाट एनआरएनमा नयाँ नेतृत्व चयन हुँदैछ। उपाध्यक्षमा अमेरिकाका सोनाम लामा, खगेन्द जिसी, बेलायतका कुल आचार्य, जापानका चिरञ्जिवी थापा लगायत उम्मेद्वार छन्। महिला उपाध्यक्षमा अष्ट्रेलियाकी रञ्जु वाग्ले र रुसबाट सपिला राजभण्डारीले उम्मेद्वारी दिने भएकी छिन्। महासचिवमा हङकङका त्रिलोक गुरुङ र रुसका बद्री केसी उम्मेद्वार छन्।
    बिजमाण्डूबाट साभार

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *