breaking news

    एडिबीको साढे नौ अर्ब ऋण सहयोग

    December 7th, 2015 | by Weekly Nepal
    एडिबीको साढे नौ अर्ब ऋण सहयोग
    अर्थ
    0

    काठमाडौँ, २१ मङ्सिर । एसियाली विकास बैंक काठमाडौँ उपत्यकाको खानेपानी सुधार आयोजना कार्यान्वयनका लागि रु नौ अर्ब ५४ करोड सहुलियत ऋण सहयोग उपलब्ध गराउन सहमत भएको छ ।

    अर्थमन्त्रालयमा आज आयोजना गरिएको कार्यक्रममा अर्थसचिव लोकदर्शन रेग्मी र नेपालका लागि विकास बैंकका देशीय निर्देशक किनीची योकोयामाले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

    सरकारले सन् २००८ देखि काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि उक्त आयोजना सञ्चालन गर्दै आएको छ । एसियाली विकास बैंकले उपलब्ध गराउने उक्त ऋण कीर्तिपुर र मध्यपुर ठिमीमा पाइपलाइन निर्माण तथा विस्तारका लागि खर्च गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

    सम्झौतापछि अर्थसचिव रेग्मीले प्राप्त ऋणको सही रुपमा प्रयोग गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिँदै सन् १९७० देखि अनुदान तथा सहुलियत ऋण उपलब्ध गराउँदै आएकोमा एसियाली विकास बैंकलाई धन्यावाद व्यक्त गर्नुभयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *