breaking news

    एचडीएनपी इन्टरनेसनलले टेक्ससमा घरबार बिहिनलाई खाना खुवायो

    September 11th, 2017 | by Weekly Nepal
    एचडीएनपी इन्टरनेसनलले टेक्ससमा घरबार बिहिनलाई खाना खुवायो
    प्रवास
    0

    विजय थापा

    वाशिंगटन डिसी । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सास राज्यको ड्यालस वरपर रहेका असहाय ,गरिव तथा घरबार बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खुवाउदै आएको खाना आज खुवाएको छ ।

    एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले आज ४ सय ५० भन्दा ज्यादा लाई खाना खुवाईएको र यो समेत २२ औ पटक घरबार बिहिन ,दुखि ,असहायहरुलाई खाना खुवाएको बताए । आचार्यले अर्को पटक थाङ्क्स गिभिंग का दिन पुन खुवाउने योजना रहेको रहेको जानकारी दिएका छन् ।

    स्थापना काल देखि नै घरबाहर बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको र यस्ता कार्यकममा अर्थको अभाव पनि हुने हुनाले सहयोग गर्न चाहना राख्ने दानबिरहरुको लागि द्वार खुला राखिएको उनले बताए ।

    खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदान को आयोजना गर्दछ । संस्थाले समाज सेवा को साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

    हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *