breaking news

    आइजीपी बन्न दिल्लीको दौड

    January 10th, 2017 | by Weekly Nepal
    आइजीपी बन्न दिल्लीको दौड
    फिचर
    0

    काठमाडौं।नेपाल प्रहरीको महानिरीक्षक रिक्त हुन एक महिनामात्र बाँकी रहेको अवस्थामा तीन नम्बरका डीआइजी जयबहादुर चन्द गृहमन्त्री विमलेन्द्र निधिदेखि कांग्रेसका अरु नेताहरुलाई प्रभावमा पार्नका लागि केही निकट ब्यक्तिका साथ भारतको राजधानी दिल्ली गएका छन् ।

    लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख डीआइजी चन्द साेमवार बिहान अकस्मात् नयाँदिल्ली उडेका छन् । आरए २०५ नम्बरको फ्लाइटबाट उनी अरु तीन सहयोगीसहित साेमवार बिहान ८.१० बजे दिल्ली गएका हुन् । डीआइजी चन्दसँग नेपाल प्रहरीका पूर्वआइजीपी रमेश चन्द ठकुरीका साला अर्जुन शाही, राजेशकुमार जोशी र एक मारवाडी ब्यापारी पनि दिल्ली गएका छन् । शाही पनि ब्यापारी हुन् । उनीहरु बिजनेश क्लासको टिकटमा दिल्ली गएका हुन् । भारतका माथिल्लो तहका नेताबाटै फोन गराएर आइजीपी बनाउन दबाब दिने भन्दै डीआइजी चन्द दिल्ली गएको स्रोतले बताएको छ ।

    २०७३ फागुन ३ गते आइजीपी उपेन्द्रकान्त अर्याल अवकाश हुनेछन् । आइजीपी अर्यालसँगै एआइजीहरु राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, केदार साउद, प्रताप थापा, रमेशशेखर बज्राचार्य, वीरेन्द्रबाबु श्रेष्ठ लगायत पनि अवकाश हुनेछन् ।
    आइजीपी अर्याल अवकाश भएपछि आइजीपीका दाबेदारहरुमा डीआइजीहरु नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *