breaking news

    अाज चन्द्रग्रहण, शास्त्रीय नियमअनुसार के–के निषेध ? कुन राशि भएकालाई के हुन्छ ?

    August 7th, 2017 | by Weekly Nepal
    अाज चन्द्रग्रहण, शास्त्रीय नियमअनुसार के–के निषेध ? कुन राशि भएकालाई के हुन्छ ?
    धर्मदशर्न / जिवन शैली
    0

    काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    भोलि सोमबार राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो ।

    एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ । छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कन्छ । शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध गरिएको छ ।

    राशिका लागि शुभ र कुनका लागि अशुभ ?

    मेष : मेष राशी हुने मानिसलाई सुख र शुभ प्राप्त हुनेछ।

    वृष : यो राशी भएकाहरुको अाज मानसम्मानमा कमी हुने देखिन्छ।

    मिथुन : मिथुन राशी भएका व्यक्तिलाई अाज शारीरिक रुपमा कष्ट हुनेछ।

    कर्कट : अाज कर्कट राशी भएकाहरुको दाम्पत्य जीवन कष्टपूर्ण हुनेछ।

    सिंह : यो राशी भएका मानिसको अाज कार्यसिद्धि हुनेछ।

    कन्या : अाज कन्या राशी भएकाहरुमा चिन्ता तथा तनाव उत्पन्न हुनेछ।

    तुला : तुल राशी भएकाहरुलाई अाज रोग तथा भय हुनेछ।

    वृश्चिक : अाज वृश्चिक भएकाहरुलाई धनलाभ हुनेछ।

    धनु : अाज धनु राशी भएका व्यक्तिको धन हानि हुनेछ।

    मकर : मकर राशीलाई अाजको दिन कष्टप्रद रहेको छ। साथै चोट र भय हुनेछ ।

    कुम्भ : कुम्भ राशी भएकोहरुको पनि अाज धनहानि हुनेछ।

    मीन : मिन राशी भएकाहरुलाई भने अाज राम्रो रहेको छ। यो राशि भएकालाई धन र लाभ वृद्धि हुनेछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *