breaking news

    अमेरिकाले विश्वव्यापी रुपमा बैंकिङ प्रणाली ह्याक गरेको आरोप

    April 16th, 2017 | by Weekly Nepal
    अमेरिकाले विश्वव्यापी रुपमा बैंकिङ प्रणाली ह्याक गरेको आरोप
    सुचना प्रबिधी
    0

    एेजेन्सी । अमेरिकी सरकारले विश्वव्यापी रुपमा स्वीफ्ट बैंकिङ प्रणाली ह्याक गरेको आरोप लागेको छ । ह्याकिङ समूह स्याडो ब्रोक्रसले जारी गरेको कागजातमा अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले विश्वव्यापी रुपमा बैंकिङ प्रणालीमा निगरानी गर्ने गरेको आरोप लगाइएको छ ।

    एनएसएले विश्वव्यापी रुपमा विभिन्न बैंकमा हुने गरेका आर्थिक कारोबारको निगरानी गर्ने गरेको आरोप लागेको छ । यो कुरा सत्य भएमा सन् २०१३ मा एडवार्ड स्नोडेनले सार्वजनिक गरेपछिको एनएसएका बारेमा सबैभन्दा ठूलो कागजात चुहावट हुनेछ । विभिन्न विश्लेषक तथा अनुसन्धानकर्ताले स्याडो ब्रोक्रसले जारी गरेको सूचना विश्वसनीय देखिएको बताएका छन् ।

    बेल्जियममा मुख्यालय रहेको स्वीफ्टले भने गैरकानूनी रुपमा कुनै पनि संस्था तथा समूहले आफ्नो बैंकिङ प्रणालीमा पहुँच पुर्‍याएको जानकारी नरहेको बताएको बिबिसीले उल्लेख गरेको छ ।

    एनएसएले अहिलेसम्म अरोपका सम्बन्धमा केही बताएको छैन । स्वीफ्ट नेटवर्कबाट विश्वका एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउने   गरिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *